+
+

उपप्रधानमन्त्री थापाले मौन अवधिमा भोट मागे, आयोगले सोध्यो स्पष्टीकरण

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर ८ गते १६:२७

८ मंसिर, काठमाडौं । निर्वाचन आयोगले मौन अवधिमा भोट मागेको भन्दै उपप्रधान तथा ऊर्जामन्त्री कमल थापालाई स्पष्टीकरण सोधेको छ ।

आयोगको आचार संहिता केन्द्रीय अनुगमन समितिले थापालाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो ।

आइतबार हुने पहिलो चरणको चुनावको मौन अवधि बिहीबार राति १२ः०० बजेदेखि सुरु भइसकेको छ । तर, उपप्रधानमन्त्री थापाले मौन अवधिमा आचारसंहिताविपरीत सामाजिक सञ्जाल ट्वीटरमार्फत अाफ्नो पार्टीको पक्षमा मत मागेका छन् ।

थापालाई सोधिएको स्पष्टीकरणको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार, काठमाडौं र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई समेत दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?