Comments Add Comment

ताप्लेजुङको चार मतदान केन्द्रको मतपेटिका सोमबार हेलिकोप्टरबाट ल्याइने

१० मंसिर, ताप्लेजुङ । ताप्लेजुङको माथिल्लो दुर्गम हिमाली गाउँपालिकामा रहेको चार स्थानको मतपेटिका सोमबार मात्रै सदरमुकाम ल्याइने जनाइएको छ ।

आइतबार साँझ ५ बजे मात्रै मतदान सकिने र चाँडै रातपर्ने र मौसम समेत धुम्म रहेकाले फक्ताङ्लुङ गाउँपालिका–६ मा रहेको ग्याब्ला, ७ मा रहेको याङ्मा, ६ को घुन्सा र ओलाङ्चुङगोलाको मतपेटिका नेपाली सेनाको हेलिकोप्टरबाट सोमबार मात्रै ल्याउने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी मोहन जिसिले जानकारी दिए ।

अन्य स्थान र केन्द्रका मतपेटिका भने स्थलमार्गबाट ल्याउने उनको भनाइ छ । मतपेटिकालाई सदरमुकाम ल्याउने जिम्मा नेपाली सेनालाई दिइएको छ ।

स्थलमार्गबाट पनि सबै स्थानको मतपेटिका सोमबार सम्ममा मात्रै आइसक्ने मुख्य निर्वाचन अधिकृत कृपासुर कार्किले जानकारी दिए ।

सबै स्थानको मतपेटिका आएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको जिल्ला अदालतको चार वटा कोठामा शिलबन्दी गरी राख्ने तयारी रहेको कार्कीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment