Comments Add Comment

अष्ट्रेलियामा साम्राज्ञीको पहिरन र सुन्दरताको चर्चा


नेपालमा सुपरहिट भएको चलचित्र ‘ए मेरो हजुर २’को अष्ट्रेलिया प्रिमियर सम्पन्न भएको छ । चलचित्रको प्रिमियरमा सहभागी हुन निर्देशक झरना थापा र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह अष्ट्रेलिया पुगेका थिए ।

यूवी थापाले तयार पारेको रातो पहिरनमा नायिका शाह निकै हट देखिइन् । रेड कार्पेटमा रातो पहिरन लगाएर पुगेकी साम्राज्ञीको रुप र पहिरनको चर्चा भयो । दर्शकले चलचित्र हेरेपछि निकै राम्रो प्रतिक्रिया दिएको भन्दै साम्राज्ञी र झरना उत्साहित देखिएका छन् ।

अष्ट्रेलियाको इभेन्ट सिनेमामा आयोजना भएको प्रिमियरको रेड कार्पेटमा साम्राज्ञीको क्रेज देखियो । अन्य शहरमा पनि आयोजकले साम्राज्ञीलाई खोजेको निर्देशक थापाको भनाई छ ।

नेपालमा आयोजना हुने विभिन्न कार्यक्रममा समेत साम्राज्ञी आकर्षक पहिरनमा पुग्ने गरेकी छिन् । उनले, अष्ट्रेलियामा पनि आफ्नो स्टारडम देखाइन् । सुनिलकुमार थापाको निर्माणमा झरना थापाले निर्देशन गरेको चलचित्रमा साम्राज्ञीको अलवा सलोन बस्नेत, सलिनमान बनियाँको मुख्य भूमिका छ ।

यस्तै, साम्राज्ञीले सामाजिक संजालमा अष्ट्रेलिया घुमफिरको तस्बिर समेत पोष्ट गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment