Comments Add Comment

ताप्लेजुङमा खुकुरी प्रहारबाट २ जना एमाले कार्यकर्ता गम्भीर घाइते

पैसा बाँड्न खोजेको आरोप

१० मंसिर, ताप्लेजुङ । ताप्लेजुङमा कांग्रेसका कार्यकर्ताको खुकुरी प्रहारबाट दुई जना एमाले कार्यकर्ता गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा याङ्वरक गाउँपालिका साविकको नाङ्खोल्याङ गाविसका १९ वर्षीय रविन सुनुवार र १८ वर्षीय अनुप खिम्दिङ रहेका छन् ।

रविनको टाउको र अनुपको खुट्टामा गम्भिर चोट लागिको प्रहरीले जनाएको छ ।

दुवै जना घाइते नेकपा एमालेको कार्यकर्ता रहेको एमाले ताप्लेजुङका सन्तोष खतिवडाले जनाएका छन् । घटना राजनीतिक पूर्वाग्रहका आधारमा भएको खतिवडाको आरोप रहेको छ ।

उनीहरुमाथि नेपाली कांग्रेसका मनोज खिमदिङ र झरेन्द्र लिम्बुसहितको समूहले खुकुरी प्रहार गरेको खतिवडाको भनाइ छ ।

आफुहरु साथीकोमा गएर बिहानै घर फर्कने क्रममा आक्रमण भएको घाइतेले बताएका छन् ।

खुकुरी प्रहार गर्ने मनोजको समूह फरार रहेकाले खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङका प्रहरी निरीक्षक होमनाथ दाहालले जानकारी दिए ।

यता, नेपाली कांग्रेसकी जिल्ला सभापति लीलादेवी बोखिमले एमालेले उनीहरुलाई चुनावलाई प्रभाव पार्न पैसा बाँड्न पठाएको र खोस्न खोज्दा दोहोरो झडप भएको बताइन् ।

घटनाको विषयमा अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

घाइते दुवै जनाको जिल्लामा उपचार हुन नसकेपछि जिल्ला बाहिर रेफर गरिएको जिल्ला अस्पताल, ताप्लेजुङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment