Comments Add Comment

‘छक्का पन्जा’ टिमलाई ऋचाको यस्तो जवाफ


आइतबार बेलुकीदेखि चर्किएको चलचित्र ‘छक्का पन्जा’ टिम र नायिका ऋचा शर्माविचको वाकयुद्ध अझै सकिएको छैन । एकले जवाफ दिने र अर्काले फेसबुक मार्फत नै फर्काउने क्रम चलिरहेको छ । यसले चलचित्र क्षेत्रलाई फाइदा भन्दा घाटा नै बढी भएको छ । विस्तारै, फराकिलो बन्दै गएको चलचित्र क्षेत्र चलचित्रकर्मीविच कै युद्धले साँघुरिने कुरामा दुइमत छैन ।

चलचित्र ‘छक्का पन्जा’की निर्देशक दीपाश्री निरौला, कलाकारहरु दीपकराज गिरी, प्रियंका कार्की, बर्षा राउत, स्वस्तिमा खड्का, गौरव पहारी लगायतले ऋचालाई ‘गेट वेल सुन’ भन्दै स्टाटस लेखेपछि यसको पक्ष र विपक्षमा चलचित्रकर्मी र दर्शक २ धारमा देखिएका छन् ।

नायिका ऋचा शर्माले पनि फेसबुक मार्फत चलचित्रको टिमलाई जवाफ दिएकी छिन् । उनले, आफूलाई दर्शकलाई ‘मुर्ख’ भन्ने अधिकार कतैपनि नभएको भन्दै त्यो बिषयमा नबोलेको बताएकी छिन् । साथै, उनले चलचित्रमा महिला हिंसाको बिषयलाई हाँस्ने कारण बनाइन्छ भने म त्यस बिषयमा आफ्नो बिचार राख्न कहिल्यै पनि डगमगाउने छैन भनेकी छिन् ।

साथै, उनले अगाडि लेखेकी छिन्-‘चलचित्रमा एक महिलालाई तारन्तार थप्पड हानेको दृश्यमा मैले ताली बजाउँन सकिनँ भनेकी हुँ । किनभने, अहिलेको समयमा बिहेको लोभमा कुनै महिलाले यति धेरै थप्पड खाँदैनन् ।’

उनले स्टाटसमा लेखेकी छिन्-‘कहिलेकाही आफूलाई सच्याउन पनि पर्छ । सच्चिनु आफ्नो कद सानो बनाउँनु होइन । भूँइ र समयसित नजोडिएको मेकर जति नै अग्लो भएपनि उसको जग बलियो हुँदैन । ममा पनि धेरै कमजोरी छन् र म सुन्छु । आफ्नो कमजोरी औल्याउँछु, सच्याउँछु, अनी राम्रो बन्ने प्रयास जीवनभर गरिरहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment