Comments Add Comment

यस्तो जीवनशैली अपनाउँदा जीवनभर रोग लाग्दैन !

हामी चाहन्छौं, आफ्नो जीवनकालभर निरोगी, तन्दुरुस्त, स्वस्थ्य, खुसी र सुखी हुन पाइयोस् । तर, यस्तो मनोकांक्षा सायदै पुग्छ । किनभने युवाअवस्थामा पुगेसँगै हामीलाई अनेकौं रोगले आक्रमण गर्न थाल्छ ।

युवावयको के कुरा, बाल्यकालदेखि नै रोगसँग पैठेजोरी खेल्नुपर्ने हुन्छ । कतिले त गर्भबाटै रोग लिएर जन्मन्छन् । कतिलाई जन्मिएपछि रोगले च्याप्छ । दम, निमोनिया, जन्डिसदेखि मधुमेहसम्मका रोगले समात्छ ।

बाँच्नका लागि हामीले औषधी चपाउनुपर्ने हुन्छ । चिकित्सकको साहारा लिनुपर्ने हुन्छ । बाँचुञ्जेल कति चक्की औषधी खाइन्छ, कति बोत्तल स्लाइन पानी चढाइन्छ । कति पटक अस्पताल धाइन्छ । कति पटक ओछ्यानमा परिन्छ । कति पटक रगत, पिसाब जाँचिन्छ । अर्थात जीवनभर उपचार, औषधीको घनचक्करमा फसिन्छ ।

किन यस्तो हुन्छ ?

यसमा धेरैजसो जिम्मेवार हामी स्वंम हुन्छौ । हाम्रो पारिवारिक पृष्टभूमि, रहनसहन, सोंच, जीवनशैली, खानपान आदिले हामीलाई जन्मदै कमजोर तुल्याइदिन्छ ।

अब के गर्ने त ?

हामी आफ्नै प्रयासले आफुलाई स्वस्थ्य राख्न सक्छौ । तन्दुरुस्त राख्न सक्छौ । निरोगी राख्न सक्छौं । यसका लागि अरु केही गर्न पर्दैन, हाम्रो दिनचर्या स्वस्थ्य हु्नुपर्छ । हामीले भोग गर्ने दैनिकी, खाने खाना र सोच्ने शैली परिवर्तन गरेर स्वस्थ्य जीवन बाँच्न सकिन्छ । वा, जीवनभर निरोगी रहन सकिन्छ ।

यसका लागि आफ्नो आनीबानी, जीवनशैली, सोच-चिन्तन परिवर्तन गर्नुपर्छ ।

दिनचर्या

१. बिहान सूर्योदयअघि उठौं ।

२. नियमित समयमा शौच क्रिया फत्ते गरौं ।

३. केहि गिलास मनतातो पानी सेवन गरौं ।

४. हल्का व्यायाम गरौं, प्रात भ्रमण (मर्निङ वाक) मा निस्कनुपर्छ । कम्तीमा ४५ मिनेट र बढीमा डेढ घण्टा नियमित र निरन्तर व्यायाम गरौं ।

५. योग, ध्यान, प्राणायाम गरौं ।

६. व्यायामपछि नुहाइधुवाई गरौं ।

७. अनिवार्य नास्ता सेवन गरौं ।

८. खाने तालिका यसप्रकार मिलाउनुपर्छ । बिहान धेरै मात्रामा र त्यसपछि क्रमस कम गर्दै लानुपर्छ । दिनमा चार वा पाँच पटक केहि न केहि खानेकुरा सेवन गरौं ।

९. काम गर्दा, हिँड्दा, बस्दा सहि पोजिसनमा बसौं । खुम्चिएर, घोप्टिएर धेरै समय नबसौं ।

१०. एकै स्थानमा लामो समय एउटै पोजिसनमा नबसौं । कामको बिचमा पनि ब्रेक लिने, हल्का शरीर तन्काउने, खुम्चाउने गरौं ।

११. सूर्योअस्तअघि नै रातको खाना सेवन गरौं ।

१२. खाना खाइसकेपछि पाँच, दश मिनेट बज्रासनमा बसौं ।

१३. आधा घण्टा वा एक घण्टा बाहिर हिँड्ने वा टहल्ने गरौं ।

१४. राती अबेरसम्म नबसौं । ८ देखि १० बजेसम्मको समयमा सुत्नु राम्रो हो ।

१५. राती सुत्नुअघि हल्का व्यायाम गरौं वा प्राणायाम गरौं ।

१६. नियमित कम्तीमा ७ घण्टा र बढीमा ९ घण्टा मस्त सुत्ने गरौं ।

खानपान

१. प्रचलित उखान छ, बिहानको खाना आफु खाने, दिउसोको खाना साथीसँग बाढ्ने र रातीको खाना सत्रुलाई दिने । अर्थात, बिहानको खाना धेरै र त्यसपछि क्रमस कम गर्दै लाने ।

२. बिहानको नास्ता पर्याप्त हुनुपर्छ । पोषिलो र ताजा हुनुपर्छ ।

३. दिनभरको खाना सन्तुलित हुनुपर्छ । अर्थात शरीरलाई आवश्यक सबै पौष्टिक तत्व दिनभरको खानाबाटै प्राप्त गर्नुपर्छ । जस्तो कि, क्याल्सियम, प्रोटिन, भिटामिन, फाइबर आदि ।

४. खाना ताजा र सुपाच्य हुनुपर्छ ।

५. एकसाथ धेरै थरीको खानेकुरा खानु हुँदैन । सन्तुलित भोजनको चक्करमा सबै किसिमको खाना मिसाएर सेवन गर्नु हुँदैन ।

६. बिजातिय अर्थात आपसमा नमिल्ने खानेकुरा एकसाथ सेवन नगरौं ।

७. खानामा सलाद अनिवार्य सामेल गरौं ।

८. खानामा हरियो सागपात सामेल गरौं ।

९. झोलयुक्त खानेकुरा, सुप, पानी आदिको पर्याप्त सेवन गरौं ।

१०. दिनभरमा कुनै समय मौसमी फलफूल सेवन गरौं ।

११. दिनभरमा कुनै समय अंकुरित अन्न सेवन गरौं ।

१२. दिनभरमा कुनै समय ड्राइ  फ्ट्स (भिजाएको) सेवन गरौं ।

१३. खाना खाँदा प्रशन्न मनले र सहज रुपले खानुपर्छ ।

सोंच-चिन्तन

१. मानसिक विकार त्यागौं । रिस, घृणा, बदलाको भावना, इष्र्या, लोभ, कुण्ठा, अहंकार जस्ता विकार त्याग्ने अभ्यास गरौं । वा मनमा यस्ता विचारलाई आश्रय दिनु हुँदैन ।

२. हरेक कुरालाई सकारात्मक ढंगबाट सोच्ने अभ्यास गरौं । संभव भएसम्म खुसी रहने बानी गरौं ।

३. मनलाई दुखी तुल्याउने वा विगतका गल्ती सम्झेर ग्लानी महसुष गर्ने, भविष्यको बारेमा धेरै चिन्तित रहने प्रवृत्ति त्यागौं ।

४. वर्तमानमा रमाउने अभ्यास गरौं । सबैप्रति प्रेमभाव जगाऔं ।

५. माफ गर्न सिकौं । मनमा इगो नराखौं । मनलाई स्वच्छ राखौं ।

६. ध्यान, योगले मनलाई शुद्ध तुल्याउँछ । प्राणयामले शरीरलाई शुद्ध गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment