+
+

पूर्वएआइजी गणेशराज राईले नयाँ शक्ति छाडे

राजनीतिबाट सन्यास लिएको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर १२ गते १५:३५

१२ मंसिर, काठमाडौं । नयाँशक्ति पार्टीका नेता पूर्वएआइजी गणेशराज राईले पार्टी परित्याग गरेका छन् । उनले राजनीतिबाटै अलग भएको घोषणा गरेका छन् ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै राईले नयाँ शक्ति पार्टीबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

राईले आफ्नो विज्ञप्तिमा भनेका छन्- ‘अपेक्षा तथा यथार्थतामा जमीन र आकाशको फरक हुँदो रहेछ । नयाँशक्ति पार्टीमा विधिको शासन हुनुपर्छ, नेताहरु पनि प्रणालीमा चल्नुपर्छ । अनुशासन र निष्ठा नेतृत्वका गुणमा हुनुपर्छ भन्ने मान्यता जति गर्दा पनि स्थापित गर्न सकिएन, त्यसैले मैले आफूलाई राजनीतिबाट अलग राख्ने निर्णय लिएको छु ।’

पूर्वएआइजी राईले ट्राफिक प्रहरी प्रमुख भएका बेला काठमाडौंको सडक विस्तारमा महत्वपूर्ण भूमिका खेलेका थिए । अहिले नयाँ शक्ति छाडे पनि नागरिकका रुपमा देशका लागि आफ्ूले भूमिका खेल्ने राईको भनाइ छ ।

प्रेस विज्ञप्तिमा राईले भनेका छन्- ‘नयाँ शक्ति पार्टीबाट अलग भए पनि आगामी दिनमा नेपाल प्रहरी जस्तो अनुशासित फौजमा रहेर आर्जन गरेको शीप र ज्ञानलाई सार्वजनिक जीवनमा क्रियाशील रहेर राष्ट्र निर्माणमा योगदान पुर्‍याउने मेरो सोच रहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?