Comments Add Comment

घरमा रोप्नुपर्छ यी वनस्पती, जसले दुषित हावा शुद्धिकरण गर्छ

अध्ययनहरुले देखाएको छ, काठमाडौंबासीका लागि पर्याप्त अक्सिजन छैन । अर्थात यो उपत्याकामा यति धेरै वायु प्रदूषण छ कि, सास फेर्नका लागि शुद्ध हावा छैन ।

काठमाडौंमा मात्र होइन, शहरी क्षेत्र अहिले वायु प्रदूषणको चपेटामा छ । शहरवासीहरुको फोक्सोमा शुद्ध हावा पुग्दैन । जबकी स्वस्थ्य जीवनका लागि स्वस्थ्य खानपान जति आवश्यक छ, त्यो भन्दा बढी शुद्ध हावाको आवश्यक छ । शरीरमा पर्याप्त अक्जिन पुगेन भने शरीरभित्र अनेकौ रोगको संक्रमण हुन्छ । अक्सिजन निशुल्क प्राप्त हुने त्यस्तो औषधी हो, जो हामी क्षणक्षणमै उपभोग गरिहेका हुन्छौ । यद्यपी शहरवासीका लागि यो अपर्याप्त हुँदैछ । कलकारखाना, गाडी र मानव निर्मित चिजका कारण उत्पन्न प्रदूषणले हाम्रो फोक्सो भरिंदैछ ।

यस्तो अवस्थामा हामीले केही काइदा अपनाउन सकिन्छ । संभव भएसम्म रुख रोप्नुपर्छ । रुख बिरुवा स्यहार्ने, हुर्काउने काममा हामीले पनि सहयोगी भूमिका खेल्नुपर्छ । तर, सबै अवस्थामा यो अनुकुलता मिल्दैन ।

के गर्ने त ?

हामीकहाँ केहि यस्ता बनस्पती पाइन्छन्, जसले वायुमन्डललाई शुद्धिकरण गर्न सहयोग गर्छ । राम्रो कुरा त के भने, ति वनस्पती हाम्रो भूगोलमा पाइन्छ । घर, बगैंचामा त्यसलाई रोप्न र हुर्काउन सकिन्छ । घर आँगन, बगैंचा, बार्दली वा गमलामा ति वनस्पती रोप्न सकिन्छ । के हुन् यी वनस्पती ?

चमेली

चमेलीको फूल आफैमा सुन्दर हुन्छ । विभिन्न सजावटको सामग्रीमा यसको प्रयोग हुन्छ । चमेली सानो बुट्यान हो, जो घर बगैंचामा लगाउन सकिन्छ । भनिन्छ, चमेलीले वायुमन्डल शुद्धिकरणमा पनि भूमिका खेल्छ । साथै यसले सकारात्मक उर्जा प्रवाह गर्छ ।

घिउकुमारी

घिउकुमारी अति उपयोग वनस्पति हो । औषधिय गुणको घिउकुमारी आर्युवेदमा पनि प्रयोग हुन्छ । यो स्वास्थ्य र सौन्दर्य दुबैमा प्रयोग गर्न सकिन्छ । राम्रो कुरा त के भने, घिउकुमारी घर, बगैंचामा सजिलै लगाउन सकिन्छ ।

भनिन्छ, घिउकुमारीले रातको समयमा अक्जिन प्रवाह गर्छ । यसले गर्दा हाम्रो आसपासमा घिउकुमारी छ भने, त्यसले स्वास्थ्यमा निकै राम्रो प्रभाव पार्छ ।

तुलसी

तुलसीलाई त हामी पूज्छौ । यो वनस्पती अति उपयोगी एवं महत्वपूर्ण मानिन्छ । आर्युवेदमा तुलसीको खास महत्व छ ।

यो परम्परागत औषधी हो । बच्चादेखि बृद्धबृद्धका लागि यसले औषधीको कामा गर्छ । बहुउपयोगी तुलसीले पर्यावरणलाई पनि शुद्ध बनाउने बताइन्छ ।

पुदिना

पुदिना, जसको स्वाद मिठो हुन्छ, वास्ना पनि । यसलाई हामी सलाददेखि अचारसम्ममा प्रयोग गर्न सक्छौं । पुदिना खासगरी पेटको समस्यामा उपयोगी मानिन्छ । त्यस्तै रगत शुद्धिकरणमा पनि यसले सघाउ पुर्‍याउँछ । पुदिना हामी औषधीको रुपमा पनि प्रयोग गर्छौ । यो बगैंचा, गमला जहाँ पनि रोप्न सकिन्छ । पुदिनाले हावालाई शुद्ध गर्ने पनि बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment