+
+

अनौठो रोबोटहरुः कोही चुनाव लड्छन् त कोही उपचार गर्छन्

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर १३ गते १२:२७

चीनको चाइनिज विश्वविद्यालयका शोधकर्ताहरुले यस्तो खाले रोबोटको समूह तयार पारेका छन् जो मानिसको जिउभित्र छिरेर रोग पहिचान तथा रोगको उपचार गर्दछ ।

यस रोबोटले चुम्बकीय कणको सहायताले सरीरको भित्र घुसेर केवल रोग पत्ता लगाउने मात्र होइन रोगीको उपचारमा पनि सहयोग गर्दछ, जुन उपचारमा शरीरका कुनै खास कोशिकामा औषधि पूराउनुपर्ने हुन्छ । पानीमा पाइने एक प्रकारको लेउमा उत्पन्न जीवबाट तयार गरिएको उक्त रोबोटको महत्वपूर्ण विशेषता भनेकै यसले शरीरभित्र रोगका कारण हुने रसायनिक परिवर्तन पहिचान गर्दछ र एमआरआइले समेत पहिचान गर्न नसक्ने तन्तुहरु समेत पहिचान गर्न सक्दछ । यस प्रकारले शरीरको जुन ठाउँमा औषधिको आवश्यकता छ सोही स्थान पहिचान गरी उक्त स्थानमा औषधि पूराएर रोगको उपचार गर्न सहयोग गर्दछ ।

नेता रोबोट

डाक्टर रोबोट मात्र होइन, पछिल्लो दिनमा नेता रोबोट पनि आएको छ । यो रोबोट केवल बनिबनाउ नेता मात्र होइन, आफैं चुनाव लड्न पनि सक्षम छ । न्युजिल्याण्डका उद्यमी निक गेरिटसनको सहयोग तथा सल्लाहबाट वैज्ञानिकहरुले विश्वको पहिलो राजनेता रोबोट तयार गरेका छन् । आर्टिफिसियल इन्टेलिजेन्सवाला यस नेता रोबोटले आवास, शिक्षा, आप्रवाशन लगायतका नीतिहरु जस्ता स्थानीय मुद्दाा सोधिएका प्रश्नहरुको जवाफ दिन सक्दछ । उक्त रोबोटलाई आगामी सन् २०२० मा न्युजिल्याण्डमा हुने आम चुनावमा उम्मेदवार बनाउने तयारी समेत गरिएको छ । उक्त डिजिटल नेताको नाम ‘सेम’ राखिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?