Comments Add Comment

७ वर्षमा १० हजार डलर कसरी बन्यो ११० करोड डलर ?

पछिल्ला केहि महिनादेखि धेरै पटक चेतावनी दिइराखिएको छ कि बिटक्वाइनको दबदबा अब अन्त्य हुँदैछ ।

तर, भर्चुअल मुद्रा बिट क्वाइनको मूल्य त कम हुने सम्भावना नै देखिएको छैन । सन् २०१७ को ११ महिना बितेको छ र एक बिटक्वाइनको मूल्य ११ हजार डलर अर्थात करिव १२ लाख रुपैयाँ भएको छ ।

ठीक एक वर्ष अगाडि एक बिट क्वाइनको मूल्य ७५३ डलर थियो । एक वर्षको अन्तरमा यसको मूल्यमा १३०० प्रतिशतले बृद्धि भएको छ ।

लक्जेम्बर्गमा रहेको बिट क्वाइन एक्सचेन्जका अनुसार बिट क्वाइनले यस वर्ष आफ्नो यात्रा १००० डलरबाट सुरु गरेको थियो । यसको मतलव सन् २०१७ को जनवरीमा एक बिट क्वाइन साट्दा १००० डलर पाइन्थ्यो ।

सन् २००९ मा सार्वजनिक भएपछि यस भर्चुअल करेन्सीको मूल्यमा भारी उतारचढाव आएको छ ।

किन बढिरहेको छ बिट क्वाइनको मूल्य ?

यस्तो कसरी सम्भव भइरहेको छ कि प्रत्यक्ष रुपमा मुद्राको प्रयोग नहुने बस्तुको भाउ दिन प्रतिदिन बढिरहेको छ । जानकारहरुका लागि यस प्रश्नको जवाफ अर्को एक प्रश्नभित्र लुकेको छ, बिट क्वाइनमा आखिर लगानी चाहीँ कसले गरिरहेको छ ?

अनुसन्धानात्मक संस्था अटोनोमस नेक्स्टले यसको पत्ता लगाउने प्रयास गरेको छ । उसको दाबी यो छ कि यसको पछाडि हेज फण्डको हात छ, जो शेयर किनबेच गर्छ । उसले शेयर किनेर महंगोमा बेच्ने कारोबार गर्छ । यो फण्डले यस्तै कारोबार बिटक्वाइनसँग पनि गरेको छ ।

फाइनान्सियल मार्केटमा हेज फण्ड लगानीका लागि यस्तो बैकल्पिक कोष हो, जसको प्रयोग राम्रो नाफाका लागि गरिन्छ । यो फण्डले एकसाथ लगानीका थुप्रै रणनीति अपनाउँछ, ता कि प्रतिफल सुनिश्चित गर्न सकियोस् ।

अटोनोमस नेक्स्टका अनुसार यस वर्ष बिटक्वाइनको किनबेचमा हेज फण्डसको सहभागिता ३० बाट बढेर १३० प्रतिशतमा पुगेको छ ।

कारण यही हो कि यसबाट उच्च नाफा छ । संसारमा सबैभन्दा धेरै नाफा कमाउने कम्पनीहरु डिज्नी, आईबीएम वा म्याकडोनाल्ड पनि यसको अगाडि फिका लाग्छन् ।

बिश्लेषक नाथनियल पापर अझै अगाडि बढेर भन्छन् कि हेज फण्डसको प्रवेशले बिटक्वाइनको संसारभरका व्यपारी फेल खाएका छन् । न्यूयोर्क टाइम्सको एक खेलमा उनले लेखेका छन्, ‘उनीहरुले सोचेका छन् कि उनीहरुले यस्तो लगानी पत्ता लगाएका छन् जो सुनसँग प्रतिस्पर्धा गर्न सक्छ । यो यस्तो लगानी हो जहाँ कम्पनीको अधिकार रहनेछैन र यसमा कुनै सरकारको नियन्त्रण पनि हुँदैन ।

चार्ली बिलेलोजस्ता बिश्लेषकको अनुमान यो छ कि विटक्वाइनको मौजुदा पूँजी १ लाख ६० हजार अमेरिकी डलर पुगेको छ, जुन जनरल इलेक्टि्रक कम्पनीको भन्दा पनि बढी हो ।

बिलेलो भन्छन् कि ७ वर्ष अगाडि यदि कसैले बिट क्वाइनमा १० हजार डलर लगानी गरेका थिए भने आज यो रकम बढेर ११० करोड डलर पुगेको छ ।

आखिर बिटक्वाइन के हो ?

बिट क्वाइन एक भर्चुअल मुद्रा हो, जसमा सरकारी नियन्त्रण हुँदैन । यस मुद्रा कुनै बैंकबाट जारी हुँदैन । यसैगरी कुनैपनि मुलुकको मुद्रा नभएपछि यसमा कर लाग्ने कुरै भएन ।

बिट क्वाइन पूर्ण रुपमा लुप्त करेन्सी हो र यसलाई सरकार वा प्रशासनबाट लुकाएर राख्न सकिन्छ । यद्यपि यसलाई संसारभर जहाँ पनि सिधै किनबेच गर्न सकिन्छ ।

सुरुवातमा कम्प्यूटरमा निक्कै जटिक प्रक्रियापछि क्रिप्टो करेन्सी कमाउन सकिन्थ्यो ।

यसले कसरी काम गर्छ ?

प्रत्येक बिट क्वाइन कम्प्युटरमा एक फाइलभित्र सुरक्षित हुन्छ, जसलाई स्मार्टफोन वा कम्प्युटरको डिजिटल वालेटमा राखिन्छ । प्रत्येक लेनदेनलाई एक सूचीमा राखिन्छ र यसलाई ब्ल्याकचेन भनिन्छ । किनभने यो करेन्सी सिर्फ कोडमा हुन्छ, यसकारण बिटक्वाइन न बरामत गर्न सकिन्छ न नष्ट नै गर्न सकिन्छ ।

यो कसरी पाइन्छ ?

बिट क्वाइन हासिल गर्नका लागि तीन मुख्य तरिका छन् । पहिलो यसलाई सक्कली पैसाले किन्न सकिन्छ, दोस्रो उत्पादन वा सेवाको बदलामा बिटक्वाइन हासिल गर्न सकिन्छ र तेस्रो नयाँ आफ्नै भर्चुअल मुद्रा भएको कम्पनी खरिद गर्न सकिन्छ ।

मूल्यांकन कसरी गर्ने ?

बिटक्वाइन मूल्यवान छ किनभने मानिसहरु यसलाई सक्कली सामान वा सेवा दिएर किन्न इच्छुक छन् । यहाँसम्म कि नगद पैसा तिरेरै भए पनि मानिसहरु बिट क्वाइन किन्न हिच्किचाउँदैनन् ।

सन् २००९ मा सतोशी नाकामोतो नामक समूहले पहिलो पटक बिट क्वाइनलाई संसारमा सार्वजनिक गर्‍यो ।

अहिले संसारभर ७०० भन्दा बढी भर्चुअल मुद्रा इन्टरनेटको माध्यमबाट सञ्चालन भइरहेको छ । दिनदिनै नयाँ नयाँ कम्पनीहरु आफ्ना भर्चुअल मुद्रा लिएर आइरहेका छन् ।

वास्तवमा मानिसहरु यसकारण भर्चुअल मुद्रालाई लिएर उत्साहित भइरहेका छन् कि यसमा सरकारको कुनै नियन्त्रण छैन वा कुनैपनि प्रकारको सरकारी कानूनले यसलाई छुँदैन ।

बताइएअनुसार सन् २०१७ मा बिटक्वाइनमा आएको यस्तो उतारचढावको कारण एशिया, खासगरी जापान र दक्षिण कोरियाबाट आएको लगानीले हो । यसका अलावा केहि हदसम्म हेज फण्ड आउनु र शिकागो मर्कन्टाइन एक्स्चेञ्जमा बिटक्वाइनको फ्यूचर्स लञ्च गर्नुको कारण पनि मानिएको छ ।

भर्चुअल मुद्राको महत्वपूर्ण सिद्धान्त यो हो कि यसको लेनदेन संसारको कुनै पनि कुनामा बसीबसी गर्न सकिन्छ, मात्र जरुरी हुन्छ त इन्टरनेट कनेक्सनको । लेनदेन एक्स्चेन्ज र्फमको माध्यमबाट हुन्छ ।

भर्चुअल मुद्रालाई भर्चुअल वालेटमा राखिन्छ र जुन डाटाबेसमा यसलाई स्टोर गरिन्छ त्यसलाई ब्ल्याकचेन भनिन्छ ।

तर के बिटक्वाइनको मूल्यमा गिरावट आउला ?

यस प्रश्नको जवाफ सजिलो छैन । तर, हेज फण्डले अचानक आफ्नो पैसा निकालेको खण्डमा यसको मूल्य कमजोर हुन सक्छ ।

न्युयोर्क टाइम्समा झोउले लेखेका छन्, ‘जस्तै कि अचानक यो खवर लिक गरियोस कि एक ठूलो लगानीकर्ताले आफ्नो पैसा निकाल्दैछ त यसले ठूलो भूकम्प ल्याउनेछ र अन्य लगानीकर्ताले पनि आफ्नो पैसा निकाल्नतिर लाग्नेछ ।’

अमेरिकाको सबैभन्दा ठूलो बैंक जेपी मोर्गान चेञ्जका मुख्य कार्यकारी अधिकृत जेमी डिम्यान र चर्चित लगानीकर्ता वारेन बफेटले बिट क्वाइनलाई यसअघि नै फर्जीको सज्ञा दिइसकेका छन् र उनीहरुको भनाइ यो छ कि यो पिरामिड स्किम्सजस्तै हो ।

नोटः नेपालमा बिट क्वाइनको कारोबार गैरकानुनी छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment