+
+

बाराका १२१ मतदानस्थल अति संवेदनशील

रासस रासस
२०७४ मंसिर १५ गते ८:१२

१५ मंसिर, बारा । यही मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनका लागि तोकिएका मतदानस्थलमध्ये १२१ मतदानस्थल अति संवेदनशीलको रूपमा वर्गिकरण गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरका अनुसार जिल्लाको कूल तीन लाख ४९ हजार ९४७ मतदाताका लागि ३०३ मतदानस्थल र ४७५ मतदान केन्द्रको व्यवस्था गरिएकामा ९७ मतदानस्थल संवेदनशील र १२१ मतदानस्थल अति संवेदनशील रहेकाले उक्त मतदानस्थलमा शान्तिसुरक्षा कडा पारिएको छ ।

उनका अनुसार निर्वाचन क्षेत्र नं १ मा कूल ९६ हजार १४६ मतदाताका लागि ८४ मतदानस्थलको व्यवस्था गरिएकामा १२ मतदानस्थल संवेदनशील र ४६ मतदानस्थल अति संवेदनशील रहेको छ । निर्वाचन क्षेत्र नं २ मा कूल ८३ हजार ५२४ मतदाताका लागि ८२ मतदानस्थलको व्यवस्था गरिएकामा ३१ मतदानस्थल संवेदनशील र ३७ मतदानस्थल अति संवेदनशील रहेको छ ।

यसैगरी निर्वाचन क्षेत्र नंं ३ मा कूल ८४ हजार ६६९ मतदानका लागि ७६ मतदानस्थलको व्यवस्था गरिएकामा २९ मतदानस्थल संवेदनशील र ११ मतदानस्थल अति संवेदनशील रहेका छन् ।

यस्तै निर्वाचन क्षेत्र नं ४ मा ८५ हजार ६०८ मतदाताका लागि ६१ मतदानस्थल व्यवस्था गरिएकामा २५ मतदानस्थल संवेदनशील र ६१ मतदानस्थल अति संवेदनशील रहेका छन् ।

 

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?