+
+

विराटनगरका सडक कालोपत्रे गर्ने काम सुरु

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर १५ गते १३:५१

१५ मंसिर, विराटनगर । विराटनगर महानगरपालिका भित्रका सडक कालोपत्रे गर्ने काम सुरु भएको छ ।

एसियाली बिकास बैंकको ऋण सहयोगमा क्षेत्रीय सहरी विकास परियोजना अन्तरगत महानगर भित्रका ७४ किलोमिटर सडक कालेपत्रेको काम सुरु भएको हो ।

पहिलो पटक नगर क्षेत्रको सडकहरु ४० एमएमएस फाल ककि्रट प्रयोगबाट स्तरबृद्धी गर्न लागिएको हो ।

विराटनगर-४ को कञ्चन केसलिया मार्ग, बरगाछी चादनी चोक हुँदै डीपीएससम्मको सिरोमणी पथ, दुग्धविकास सँस्थान पूर्व पुष्पलाल चोकसम्मको सडक र परोपकरा घाटसम्म पुग्ने सम्रट मार्ग र विराटनगर रानी छाला फ्याक्ट्री सडकमा पहिलो चरणमा काम सुरु गरिएको महानगरका मेयर भिम पराजुलीले जानकारी दिए ।

मेयर पराजुलीका अनुसार ठेकेदार कम्पनीले तीन महिना भित्र १५ किलोमिटर सडक कालोपत्रे र एक वर्षको अवधीमा ४५ किलोमिटर सडक कालोपत्रे गरी समय निर्धारण गरिएको छ ।

२ अर्ब ६३ करोड रुपैयाँ लागतमा ठेक्का पाएको चाइनिज कम्पनी झोङहेङ कन्ट्रक्सन बेजिङले मझौला सहरी एकिकृत बातावरणीय सुधार परियोजनाले पूरा गर्न नसकेको काम यो परियोजनाले पुरा गर्ने छ ।

दुई बर्ष भित्र काम सक्ने ठेक्का पाएको कम्पनीले विराटनगरको मेनरोड सहित अन्य २०.८ किलोमिटर क्षेत्रमा ढलको पाइप विच्छयाउने, २६.५ किलोमिटर सडक निकास नाला निर्माण गर्ने र विराटनगरको चाङबारी पैनीको सात सय मिटर ठूलो नाला निर्माण पनि निर्माण गर्ने सम्झौता गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?