Comments Add Comment

१० प्रतिशत भुभागमा मात्र बैंक पुग्न बाँकी, सेजन पुरस्कार चार जनालाई


१५ मंसिर, काठमाडौं । ७ सय ५३ स्थानीय तहमध्ये १ सय २० मा बैंक तथा वित्तीय संस्थाको पहुँच पुग्न बाँकी रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

‘भुभागको हिसाबले हेर्ने हो भने पहिले ४० प्रतिशतमा बैंकहरुको उपस्थिती थियो, स्थानीय तहमा जानु पर्ने व्यवस्था पछि अब लगभग ८० देखि ९० प्रतिशत भुभागमा बैंकिङ पहुँच पुगेको देखिन्छ,’ राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीबी नेपालले भने । आर्थिक पत्रकार समाज (सेजन) को स्थापना दिवसमा आयोजित कार्यक्रममा नेपालले यस्तो बताएका हुन् ।

त्यस्तै, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष स्वर्णिम वाग्लेले प्राकृतिक स्रोत तथा वित्तीय आयोग गठनमा ढिलाई भएकोले आयोगले गर्ने कामको तयारीको लागि सरकारी उच्च अधिकारीको नेतृत्वमा समिति बनाइएको बताइ । कार्यक्रममा पत्रकार दिलिप पौडेल, कृष्ण आचार्य, सिताराम विलासे र राष्ट्रिय समाचार समितिका पत्रकार किरण भट्टराईलाई सम्मान प्रदान गरिएको हो । सम्मानित हुने पत्रकारले जनही २५ हजारको दरमा पुरस्कार समेत पाएका छन् । यसवर्ष पहिलो पल्ट प्रोत्साहन पुरस्कार पनि प्रदान गरिएको हो । पत्रकार विनय बञ्जाराले यो पुरस्कार पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment