+
+
Shares

चुनावमा कुन नेता कहाँ व्यस्त ? प्रधानमन्त्री देउवा चुनावपछिमात्रै राजधानी फर्किने

प्रचण्ड माधव नेपालको क्षेत्रमा, ओली फेरि चितवन जाने

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर १६ गते १०:५०

१६ मंसिर, काठमाडौं । दोस्रो चरणको निर्वाचनका लागि मौन समय शुरु हुनै लाग्दा राजनीतिक दलका शीर्ष नेताहरुको व्यस्तता ह्वात्तै बढेको छ । कांग्रेस, एमाले र माओवादीका शीर्षनेताहरु आफ्नो निर्वाचन क्षेत्र छाडेर अरु उम्मेदवारका लागि भोट मागिदिन देश दौडाहामा छन् ।

देउवा सुदूरपश्चिममा व्यस्त

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा शुक्रबारदेखि नै राजधानी बाहिर छन् । सुदूरपश्चिमका जिल्लाहरुमा व्यस्त प्रधानमन्त्री देउवा अब निर्वाचनपछि मात्रै काठमाडौं फर्किने उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

देउवा आज कञ्चनपुरका कार्यक्रममा व्यस्त भए। उनी शुक्रबार डोटी, अछाम र कैलालीका कार्यक्रममा सहभागी भएका थिए । कैलालीमा देउवा पत्नी आरजु राणा उम्मेदवार छिन् । देउवा आफै डडेलधुराबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् ।

केपी ओली र प्रचण्ड कता छन् ?

यसैगरी एमाले अध्यक्ष केपी शर्मा ओली पनि गृह जिल्ला झापामा छन् । उनी आज झापाको आफ्नो निर्वाचन क्षेत्रसँगै मोरङ, उदयपुर र सुनसरीका कार्यक्रममा सहभागी भएका छन् ।

आइतबार चितवन र नवलपरासीका कार्यक्रममा सहभागी भएर आइतबार बेलुका काठमाडौं फर्किने कार्यक्रम रहेको ओलीका प्रेस सहयोगी चेतन अधिकारीले जानकारी दिए । उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड उम्मेदवार बनेकाे चितवन ३ काे सभालाई आइतबार सम्वाेधन गर्ने कार्यक्रम छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चितवनको चुनावी कार्यक्रम छाडेर काठमाडौं आएका छन् । उनी आज काठमाडौं र ललितपुरका चुनावी कार्यक्रममा सहभागी भएका छन् ।

शनिबार माधव नेपालको निर्वाचन क्षेत्र काठमाडौं-२ र पम्फा भुसालको निर्वाचन क्षेत्र ललितपुर-३ का कार्यक्रममा प्रचण्ड सहभागी भएका हुन् ।

काठमाडौं र ललितपुरको कार्यक्रम सकेर उनी शनिबारै कपिलवस्तु प्रस्थान गरेको प्रचण्डका प्रेस संयोजक मनहरी तिमल्सिनाले जानकारी दिए ।  कपिलवस्तुबाट उनी शनिबारै चितवन पुगेका छन् ।

कपिलवस्तु क्षेत्र नम्बर १ मा माओवादी नेता चक्रपाणि खनाल ‘बलदेव’ वाम गठबन्धनका साझा उम्मेदवार छन् । प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री हुँदा बलदेव राजनीतिक सल्लाहकारसमेत थिए । उनी कांग्रेस नेता एवम् भारतका पूर्वराजदूत दीपकुमार उपाध्यायसँग प्रतिस्पर्धामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?