शुक्रबार, २९ मंसिर, २०७४
OnlineKhabar.com
Advertisment
SKIP THIS
Advertisment
SKIP THIS

चितवनका चञ्चल चराः हेर्दैमा मन चंगा (फोटोफिचर)

सागर गिरी

१६ मंसिर, चितवन । चितवन राष्ट्रिय निकुञ्ज भन्दाबित्तिकै धेरैको मनमा आउँछ हात्ती, गैंडा हेर्ने ठाउँ हो । त्यतिमात्रै होइन चितवन राष्ट्रिय निकुञ्जमा राम्रा-राम्रा चरा पनि हेर्न पाइन्छ ।

चितवन चौपाया जंगली जनावरको मात्रै होइन, दोपाया चराहरुको पनि क्रीडास्थल हो । पर्यटकीय नगरी चितवन आजभोलि चराहरुको हब बन्दै गएको छ ।

चितवनमा नेपालमा मात्रै पाइने चरा काँडे भ्याकुर पाइन्छ । यससँगै खर मयुर, मयुर, धनेष, चखेवा लगायतका चराहरु पनि यहाँ अवलोकन गर्न पाइन्छ । बेला बेलामा चितवनमा चरा महोत्सव पनि हुँदै आएको छ ।

चितवनमा दुई किसिमका चराहरुको अभिलेख राख्ने गरिन्छ- एक जिल्लागत रुपमा र दोस्रो राष्ट्रिय निकुञ्जका रुपमा । चितवन निवासी चराविद टीका गिरीका अनुसार चितवन जिल्लाभर ६३५ प्रजातिका र राष्ट्रिय निकुञ्जभित्र करिब ६ सय प्रजातिका चरा गणना गरिएको छ ।












२०७४ मंसिर १६ गते १८:५६ मा प्रकाशित (२०७४ मंसिर १७ गते ९:०५मा अद्यावधिक गरिएको)

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

१ प्रतिकृया प्राप्त
  • यज्ञमूर्ति ज्ञवाली लेख्नुहुन्छ    |   २०७४ मंसिर १६ गते १२:५९

    असाध्यै मनमोहक चरा जगत । यस्तै यस्तै चरा लगायत अन्य बन्यजन्तुका फोटाहरु अनलाइन मार्फत प्रस्तुत गरेमा सुनमा सुगन्ध हुन्थ्यो कि ।

    13
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this