Comments Add Comment

बाँदरमुढे घटनाका पीडितसँग प्रचण्डले गरे तीनबुँदे सहमति

सहमति पत्रमा हस्ताक्षर गर्दै प्रचण्ड

१७ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाँदरमुढे घटनाका पीडितसँग तीनबुँदे लिखित सहमति गरेका छन् ।

चितवन ३ का उम्मेदवार समेत रहेका प्रचण्डले आइतबार माडीमा चुनावी सभा गरेका थिए । त्यसअघि बाँदरमुढे घटनाका पीडित र प्रचण्डबीच तीनबुँदे सहमति भएको छ ।

सहमतिमा प्रचण्डले बाँदरमुढे घटनामा मृत्यु भएकाको आश्रित परिवारका काम गर्न सक्नेलाई रोजगारी तथा स्वरोजगार, काम गर्न नसक्नेका लागि जीवनवृत्ति र बालबालिकाकालाई पठनपाठनको व्यवस्था गर्ने प्रतिबद्धता जनाएका छन् ।

यस्तै घाइतेहरुकालाई अवस्था हेरी उपचार खर्च, काम गर्न सक्नेलाई रोजगारी र नसक्नेलाई जीवनवृत्ति दिने सहमति छ । घटना भएदेखि अहिलेसम्मको उपचार खर्च, मृतक तथा घाइतेको परिवारमा परेको आर्थिक क्षति र बालबालिकाको पठनपाठन खर्च परिपुरण गर्न पीडितका तर्फबाट ३ जना, माओवादी केन्द्रबाट ३ जना माडी नगरपालिकाबाट एक जना मध्यस्थकर्ता रहेको छानविन समिति बनाउने सहमति पनि भएको छ ।

बाँदरमुढेमा १० विगाह क्षेत्रफलमा स्मारक, नमूना संग्राहलय तथा चिडियाघर निर्माढा गर्ने र माडीकै प्रमुख पर्यटकीय स्थल बनाउने सहमति पनि प्रचण्ड र पीडितहरुबीच भएको छ । सहमतिपत्रमा प्रचण्ड र पीडितका तर्फबाट कृष्ण तिवारी, मंगली पुन, विकास लामिछाने र हरि न्यूरेले हस्ताक्षर समेत गरेका छन् ।

यस्तो छ सहमति पत्रमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment