Comments Add Comment

माग अनुसार चिया निर्यात हुन सकेन

१८ मंसिर, इलाम । चिया उत्पादन हुने याम सकिँदै गएपछि अग्र्यानिक चिया विदेशमा मागअनुसार पुर्‍याउन नसकिएको चिया व्यवसायीले बताएका छन् ।

इलाम नगरपालिका–२ मा सञ्चालन भइरहेको जस्विरे चिया कारखानाका सञ्चालक शरद सुब्बाले विदेशमा अग्र्यानिक चियाको मागअनुसार पुर्‍याउन नसकिएको बताए ।

चियाको याम सकिएर कारखानामा दैनिक ५०० किलो मात्र हरियोपत्ती आउने गरेको सुब्बा बताउँछन्। कारखानाले २५ प्रकारका चिया उत्पादन गर्दै आएको छ ।

कारखानामा उलन, ह्वाइट र ब्ल्याक चिया धेरै उत्पादन गरिँदै आएको छ । कारखानाले उत्पादन गरेको चिया चीन र युरोपियन मुलुकमा जाने गरेको छ । कारखानामा दैनिक एक हजार किलोग्रामसम्म तयारी चियाको माग आइरहे पनि पुर्‍याउन नसकिएको हो ।

बाह्य मुलुकको मागअनुसार पुर्‍याउन नसक्दा स्थानीयस्तरमासमेत बिक्रीका लागि व्यवसायीले पाउन सकेका छैनन् । कारखानाले यतिबेला मागअनुसार मात्र चिया उत्पादन गर्ने गरेको सुब्बाको भनाइ छ ।

कारखानामा उत्पादन भएको चिया प्रतिकिलो रु ८०० देखि १५ हजार सम्ममा बिक्री हुँदै आएको छ ।

कारखानाले आफ्नै ५० रोपनी जमिन र भाडामा १०० रोपनी गरी डेढ सय रोपनीमा चिया खेती गरेको छ । कारखानामा छ जना पुरुष कामदारसहित २० जनाले रोजगारी पाएका छन् ।

कारखानाले अहिले उन्नति समावेशी परियोजनाको सहयोगबाट चिया प्रशोधन गर्ने नयाँ मेसिन खरिद गरी एउटा नयाँ कारखाना भवन निर्माण सम्पन्न गरेको छ ।

मंसिर पहिलो हप्तामा उन्नतिकै सहयोगमा किसानलाई अग्र्यानिक चिया उत्पादनसम्बन्धी तालीम दिइएको छ । सो कारखानाले उन्नतिबाट एक करोड २८ लाख सहयोग प्राप्त गरेको सञ्चालक सुब्बाले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment