Comments Add Comment

एमबीबीएस पुनः प्रवेश परीक्षाको नतिजा प्रकाशित, ४६ प्रतिशत उत्तीर्ण

१८ मंसिर, काठमाडौं । त्रि.वि चिकित्सा शास्त्र अध्ययन संस्थान -आईओएम)ले दोश्रो पटक लिएको एमबीबीएसको प्रवेश परीक्षाको नतिजा सोमबार सार्वजनिक गरेको छ ।

आईओएमद्धारा सार्वजनिक भएको नतिजा अनुसार प्रवेश परीक्षामा कुल ४६ प्रतिशत उत्तीर्ण भएका छन् ।

आईओएमका अनुसार पुनः परीक्षामा कुल सात हजार २९८ परीक्षार्थी सहभागी भएका थिए । त्यसमध्ये ३ हजार २९८ नेपाली तथा ३३ विदेश परीक्षार्थी उत्तीर्ण भएको आईओएम परीक्षा समिति संयोजक तथा सहायक डीन प्रा.डा. राजेन्द्र गुरागाईले जानकारी दिए ।

परीक्षामा एक हजार ६७२ जना -करिब १८ प्रतिशत) परीक्षामा अनुपस्थित रहेको आईओएमले जनाएको छ ।

आईओएमका अनुसार यस पटकको प्रवेश परीक्षामा विदेशीतर्फ २९९ जनाले आवेशदन दिएकोमा त्यसमध्ये २०१ जनाले परीक्षा दिएका थिए ।
परीक्षा दिने विदेशीमध्ये जम्मा १६.५ प्रतिशत परीक्षामा उर्तीण रहेको आईओएमले जनाएको छ ।

आईओएमले गत असोज २८ गते लिएको एमबीबीएस्को प्रवेश परीक्षामा इलेक्ट्रोनिक डिभाईसद्धारा चिट चोरेको पाइएपछि आईओएमले उक्त परीक्षा रद्द गरी गत मंसिर १६ गते पुनः परीक्षा लिएको थियो ।

कडा सुरक्षाबीच सम्पन्न भएको उक्त परीक्षामा परीक्षार्थीलाई परीक्षा हुनु तीन घण्टा अगावै केन्द्रमा उपस्थित हुन सुचना दिइएको थियो ।

केन्द्रमा मेटल डिटेक्टरमार्फत परीक्षार्थीको सुरक्षा जाँच गरिनुका साथै परीक्षर्थीहरुलाई हलमा पावरवाल चश्मा बाहेक अन्य चश्मा, मोबाइल तथा घडी प्रयोग गर्न समेत बञ्चित गरिएको थियो ।

त्यस्तै, परीक्षार्थीलाई कम्तीमा दुई घण्टा अनिवार्य रुपमा परीक्षा हलमा बस्न सूचित गरिएको थियो ।

‘यति कडा सुरक्षा बीच जसरी परीक्षा सम्पन्न भयो, यसले चिट चार्ने, डिभाइसको प्रयोग गर्ने परीक्षार्थीहरु भने अवस्य नै निरुत्साहित भएको देखिन्छ,’ डा. गुरागाईले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment