Comments Add Comment

हातैले लेखेको चिठ्ठी बोकेर विवेकशीलका उम्मेदवार घरदैलोमा


१८ मंसिर, काठमाडौं । चुनावी प्रचारको अन्तिम दिन आइपुग्दा उम्मेदवारहरु आफ्ना मतदाता फकाउन अन्तिम कसरत गर्दै छन् । यसैक्रममा विवेकशील साझा पार्टीका एक उम्मेदवार हातले लेखेका चिठी बोकेर मतदाताको घरदैलोमा पुगेका छन् ।

काठमाडौं क्षेत्र नं. ९ का उम्मेदवार मिलन पाण्डेले प्रचारको अन्तिम दिन यो तरिका अबलम्बन गरेका हुन् । अन्तिम दिनको अभियानमा उनले आफ्ना मतदातालाई एउटा खाम बाँडिरहेका छन् । खामभित्र हातैले लेखेको पत्र, हरियो र कालो रंगको मतपत्र उनले लेखेको एउटा लेखसमेत हालिएको छ ।

यो पृथक शैलीले आम मतदाताहरुलाई अन्तिम घडीमा विश्वासमा लिन मद्दत गर्ने पाण्डेले बताए । उनले, भने, ‘हामीले जित्ने निश्चित छ, तर, अन्तिम क्षणमा मतादाताहरु नझुक्किउन् भनेर यसरी प्रचार गरेको हुँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment