+
+
Shares

बम विस्फोटमा घाइते भएका गगनले भने–म संयोगले बचेँ

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर १८ गते १४:१६

१८ मंसिर, काठमाडौं । काठमाडौंको चपलीमा पूर्वस्वास्थ्यमन्त्री गगन थापालाई लक्षित गरेर बम विस्फोट भएको छ । विस्फोटमा काठमाडौं ४ का उम्मेदवार थापासहित ११ जना घाइते भएका छन् । उनीहरु मध्ये चारको अवस्था गम्भीर छ ।

सबैको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । घरदैलो अभियानका क्रममा सडकमा हिडिँरहँदा विस्फोट भएको थापाले अनलाइनखबरलाई बताए ।

भने, ‘घरदैलो निर्धारित समयभन्दा ढिला सुरु भएकाले जुलुसलाई अगाडि तान्नु पर्‍यो भनेर म र एक जना साथी अगाडि बढेका थियौं । त्यसैले म बचेँ । अरु साथीहरु पर्नुभयो ।’

विस्फोट आफूलाई लक्षित गरेर नै भएको हुनसक्ने उनले बताए । एक घन्टा ढिलो घरदैलो सुरु भएको भन्दै उनले भने, ‘लुजुसलाई छिटो लैजान पाइला अघि छिटो चालेकाले म संयोगले बचेँ । तर, मेरो पछाडिको पङ्ती पर्‍यो ।’

यो पनि पढ्नुस्

काठमाडौंको चपलीमा बम विस्फोट, गगन थापासहित ११ घाइते

गगनलाई भेट्न राजन शिक्षण अस्पताल पुगे तर, भिडले रोक्यो

गगनमाथि बम प्रहारको कांग्रेसद्वारा निन्दा

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?