१८ मंसिर, काठमाडौं । काठमाडौं ४ का कांग्रेस उम्मेदवार गगन थापा बम विस्फोटमा घाइते भएको खबर पाए लगतै चुनावी प्रतिस्पर्धी एमाले उम्मेदवार राजन भट्टराई शिक्षण अस्पताल पुगेका छन् । तर, गगनलाई भेट्न पाएनन् ।
त्यहाँ जम्मा भएको भिडले धकेलाधकेल गरेको र आफ्नो सहयोगीलाई दुव्र्यवहार गरेको उनले बताए ।
भट्टराईले भने, ‘घटनाको खबर थाहा पाए लगतै अस्पताल पुगेका थिए । तर, भिडले इमर्जेन्सीमा जान दिएन, धकेला धकेल गरेर पठायो ।’
बाहिर निस्कने क्रममा भिडले नाराबाजी गर्दै दुव्र्यवहार समेत गरेको भट्टराईले बताए ।
बम विस्फोटमा घाइते भएका थापाले भने बाहिर भएको घटनाबारे अनविज्ञता प्रकट गरे ।
उनले भने, ‘आउने भन्ने खबर पाएपछि मैले माथि छु भनेको थिएँ । म इमर्जेन्सीमा थिइन ।’
थापाको कान र ढाडमा चोट लागेको छ । विस्फोटमा थापासहित ११ जना घाइते भएका छन् ।
यो पनि पढ्नुस्
काठमाडौंको चपलीमा बम विस्फोट, गगन थापासहित ११ घाइते
प्रतिक्रिया 4