+
+
Shares

गगनमाथि बम प्रहारको कांग्रेसद्वारा निन्दा

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर १८ गते १४:५८

१८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाको हत्या गर्ने मनसायले सोमबार बम प्रहार भएको भन्दै पार्टीले आपत्ति जनाएको छ ।

एक विज्ञप्ति जारी गर्दै कांग्रेसले काठमाडौं–४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार थापामाथि गरिएको आक्रमणप्रति घोर निन्दा र भत्र्सना गरेको हो ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसका नेता, उम्मेदवार तथा कार्यकर्ताहरुको हत्या नै गर्ने मनसायले गरिएको यस प्रकारको घृणित क्रियाकलाप र आक्रमणप्रति घोर निन्दा र भत्र्सना गर्दछौं ।’

बम आक्रमणले शान्तिपूर्ण एवं निर्वाद रुपमा निर्वाचन कार्यक्रम गर्न पाउने नागरिकको नैसर्गिक अधिकारमाथि ठाडो उल्लङ्घन गरेको उल्लेख गरिएको छ ।

भनिएको छ, ‘लोकतान्त्रिक संस्कार र संस्कृतिको उपहास गर्न खोजिएको छ ।’

साथै, घटनामा संलग्नलाई तत्काल खोजी कडा कारबाही गर्न समेत माग गरिएको छ ।

यो पनि पढ्नुस्

काठमाडौंको चपलीमा बम विस्फोट, गगन थापासहित ११ घाइते

बम विस्फोटमा घाइते भएका गगनले भने–म संयोगले बचेँ

गगनलाई भेट्न राजन शिक्षण अस्पताल पुगे तर, भिडले रोक्यो

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?