१८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाको हत्या गर्ने मनसायले सोमबार बम प्रहार भएको भन्दै पार्टीले आपत्ति जनाएको छ ।
एक विज्ञप्ति जारी गर्दै कांग्रेसले काठमाडौं–४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार थापामाथि गरिएको आक्रमणप्रति घोर निन्दा र भत्र्सना गरेको हो ।
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसका नेता, उम्मेदवार तथा कार्यकर्ताहरुको हत्या नै गर्ने मनसायले गरिएको यस प्रकारको घृणित क्रियाकलाप र आक्रमणप्रति घोर निन्दा र भत्र्सना गर्दछौं ।’
बम आक्रमणले शान्तिपूर्ण एवं निर्वाद रुपमा निर्वाचन कार्यक्रम गर्न पाउने नागरिकको नैसर्गिक अधिकारमाथि ठाडो उल्लङ्घन गरेको उल्लेख गरिएको छ ।
भनिएको छ, ‘लोकतान्त्रिक संस्कार र संस्कृतिको उपहास गर्न खोजिएको छ ।’
साथै, घटनामा संलग्नलाई तत्काल खोजी कडा कारबाही गर्न समेत माग गरिएको छ ।
यो पनि पढ्नुस्
काठमाडौंको चपलीमा बम विस्फोट, गगन थापासहित ११ घाइते
प्रतिक्रिया 4