+
+
Shares

काठमाडौंको चपलीमा बम विस्फोट, गगन थापासहित ११ घाइते

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर १८ गते २०:०३

१८ मंसिर, काठमाडौं । काठमाडौंको चपलीमा बम विस्फोट हुँदा कांग्रेस उम्मेदवार गगन थापा घाइते भएका छन् । विस्फोटमा अन्य केही घाइते भएका छन् ।

काठमाडौं ४ का उम्मेदवार थापा बुढानीलकण्ठ नगरपालिका २ स्थित चपलीमा घरदौलोमा रहेका बेला विस्फोट भएको हो ।

थापाको कान र ढाडमा चोट लागेको छ । उनलाई बमको छर्रा लागेको हो । यद्यपि उनको चोट सामान्य छ ।

थापाले आफू मुस्लिकले बचेको बताए । उनले भने, ‘घरदैलो ढिलो सुरु भएकाले जुलुसलाई अघि बढाउन छिट्टो हिडेको बेला परेर म बचेँ । साथीहरु पर्नुभयो ।’

विस्फोटमा थापासहित १० जना घाइते भएका छन् । उनीहरु मध्ये दुई जनाको अवस्था गम्भीर छ । थापासहित सबै घाइतेको शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ ।

विस्फोट कसले गरायो भन्ने खुलेको छैन ।

यो पनि पढ्नुस्

बम विस्फोटमा घाइते भएका गगनले भने–म संयोगले बचेँ

गगनलाई भेट्न राजन शिक्षण अस्पताल पुगे तर, भिडले रोक्यो

गगनमाथि बम प्रहारको कांग्रेसद्वारा निन्दा

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?