Comments Add Comment

मालपोत कार्यालय, कलंकीका दुई कर्मचारी घुस लिँदालिँदै पक्राउ

१८ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, कलंकीका दुई जना कर्मचारीलाई घुस लिँदालिँदै पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कार्यालयका नायब सुब्बाद्वय शेरबहादुर थापा र नारायणमणि खनाल छन् ।

उनीहरुलाई जग्गा धनी प्रमाण पुर्जा बनाउन सेवाग्राहीबाट ३० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ गरिएको आयोगले जनाएको छ ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment