Comments Add Comment

निर्वाचन सामग्रीसहित मतदान केन्द्रमा खटिए कर्मचारी

सुरेश बिडारी । १८ मंसिर, वीरगञ्ज । आगामी बिहीबार हुने दोस्रो चरणको प्रदेश तथा प्रतिनिधिसभा चुनावका लागि सोमबारदेखि कर्मचारी खटिएका छन् ।

पर्सा जिल्लाको ४ वटै निर्वाचन क्षेत्रमा निर्वाचनका लागि आवश्यक सामग्रीसहित कर्मचारी खटाइएको जिल्ला निर्वाचन कार्यालय पर्साले जनाएको छ ।

जिल्लामा रहेका ३५१ वटै मतदान केन्द्रका लागि मतदान अधिकृत सहायक मतदान अधिकृतसहित झण्डै ३५ सय कर्मचारीहरु निर्वाचनका लागि आवश्यक सामग्रीसहित मतदान केन्द्रमा गएको जिल्ला निर्वाचन अधिकारी हुमनाथ पराजुलीले जानकारी दिए ।

निर्वाचन सामग्री लिनेको भिड

पर्सा जिल्लाको ४ वटै निर्वाचन क्षेत्रको कार्यालय रहेको वीरगञ्जस्थित नेशनल ट्रेडिङ लिमिटेडको परिसरमा सोमबार कर्मचारीहरुको भिड लागेको छ ।

जिल्लाको ३५१ वटै मतदान केन्द्रमा खटिएका कर्मचारीहरु नियुक्तिपत्र लिन र निर्वाचनका लागि आवश्यक सामग्री लिन नेशनल ट्रेडिङमा भेला भएका हुन् ।

कुनै बजारमा लागेको मेला जस्तो देखिने गरी नेशनल ट्रेडिङमा कर्मचारीहरु समान बुझ्न व्यस्त भएका थिए ।

कर्मचारीहरुले समान व्यवस्थित ढगले वितरण नभएको र लैजान पनि समस्या भएको गुनासो गरेका छन् । नेशनल ट्रेडिङमा निर्वाचनको सामग्री लिन जाने र समान लिएर बाहिरिने सवारीका कारण सोमबार दिनभर नेशनल ट्रेडिङ परिसरमा सवारीको जाम लागेके थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment