Comments Add Comment

बिवाहित भएर पनि किन पार्टनरलाई धोका दिन्छन् ?

एक्स्ट्रा म्यारिटल अफेयर अर्थात बिवाहेत्तर सम्बन्ध, जसले दाम्पत्य सम्बन्धलाई फिका बनाउँछ । फिका मात्र होइन, दुई चिरा बनाउँछ । यसबारे बिवाहित पुरुष/महिला अनभिज्ञ हुँदैनन् । तैपनि उनीहरु आफ्ना पति/पत्नीलाई छाडेर अर्कैसँग सम्बन्ध गाँस्न पुग्छन् । किन ?

बिवाहपछि कति पति/पत्नी अर्कैसँग सम्बन्ध बनाउन पुग्छन्, जसको एकमात्र कारण हुँदैनन् । कहिले कहिं जानीबुझी यसरी पार्टनरलाई धोका दिन्छन्, कहिले कहि बदलाको भावनाले । त्यती मात्र होइन, कतिपय अवस्थामा पार्टनरलाई धोका दिने कारण हुन्छ, असन्तुष्टि ।

ओपन मेन्टेलिटी

समाजमा आइरहेको खुलापनको कारण पति/पत्नीले आफ्ना पार्टनरलाई चिट गर्नबाट आफुलाई रोक्न सक्दैनन् । खासमा समाजमा आएको खुलापनले हाम्रो मानसिकता पनि बद्लिएको छ, जसले गर्दा बिवाहेत्तर सम्बन्धलाई सामान्य मान्ने प्रवृत्ति बढ्दो छ । यसले गर्दा पती/पत्नीले आफ्ना पार्टनरलाई धोका दिने गरेका छन् ।

संभावनाको कारण

अहिले बिवाहेत्तर सम्बन्ध बनाउन संभावना यसकारण बढेको छ कि, यस किसिमको सम्बन्ध बनाउन खास कठिन छैन । पति/पत्नी सोच्छन् कि, आफ्नो सम्बन्ध अरुले थाहा पाउँदैनन् । वा सजिलै लुकाउन सकिन्छ ।

कम्युनिकेशन ग्याप

अक्सर पति/पत्नी व्यस्त छन् । दुबै कामकाजी छन् । यस्तो अवस्थामा कम्युनिकेशन ग्याप हुन्छ नै । आपसी सम्वाद नहुँदा पनि सम्बन्ध खुकुलो हुन्छ । यहि कारण धोका दिने संभावना बढी हुन्छ ।

एक्सपेरिमेन्ट

अहिले मानिसहरु नयाँ-नयाँ अभ्यास गर्न चाहन्छन्, प्रयोग गर्न चाहन्छन् । पुरुष/महिला बिवाहित भएर पनि अर्को सम्बन्ध स्थापित गर्न चाहन्छन् ।

बिवाहअघिको अफेयर

कतिपय पुरुष/महिलाको बिवाहअघि नै गर्लफ्रेन्ड/ब्वाइफ्रेन्ड हुन्छन् । बिवाहपछि पनि उनीहरुको त्यो सम्बन्ध कायम रहन्छ । आफ्ना पति/पत्नी भन्दा पनि गर्लफ्रेन्ड/ब्वाइफ्रेन्डसँग लगाव बढ्छ । यस्तो अवस्थामा आफ्ना पार्टनरलाई धोका दिने गर्छन् । अर्कोतिर, पूर्व र्लफ्रेन्ड/ब्वाइफ्रेन्डले कतिपय अवस्थामा ब्ल्याकमेल गर्न थाल्छन् । र, बिवाहित पति/पत्नीले आफ्ना पार्टनरलाई धोका दिन बाध्य हुन्छन् ।

विश्वास नहुनु

दम्पतीबीच विश्वासको कमी हुँदा पनि बिवाहेत्तर सम्बन्ध बन्न पुग्छ । जब विश्वासको कमी हुन्छ, दाम्पत्य जीवन धरापमा पर्छ ।

दिक्कलाग्दो सम्बन्ध

पति वा पत्नीको प्रवृत्तिले यस्तो सम्बन्ध बन्न पुग्छ । कतिपय पति/पत्नी त्यती रसिलो हुँदैनन् । हाँसीमजाक नगर्ने, रमाइलो नगर्ने प्रवृत्तिको हुन्छ । एकअर्काको उपस्थितीमा पनि उनीहरु खासै सुखी र सन्तुष्ट नहुन सक्छन् । उनीहरुको सम्बन्ध दिक्कलाग्दो हुन्छ । यस्तो अवस्थामा पार्टनरले अर्कैसँग सम्बन्ध स्थापित गर्न पुग्छन् ।

पति/पत्नीबीच तालमेल नमिल्नु

पति/पत्नीबीच राम्रो तालमेल हुनुपर्छ, सुमधुर दाम्पत्य जीवनका लागि । तर, घर व्यवहार, पारिवारिक कुरामा उनीहरुको मत मिल्दैन । दुबैको इच्छा, चाहाना विपरित हुनसक्छ । यस्तो अवस्थामा पति/पत्नीमा मनमुटाव हुने, भनाभन हुने, झैझगडा हुने संभावना अधिक रहन्छ । यसले बिवाहेत्तर सम्बन्धलाई बढाव दिन्छ ।

शारीरिक असन्तुष्टि

जब पति/पत्नी शारीरिक रुपमा सन्तुष्ट हुँदैनन् । त्यस्तो अवस्थामा उनीहरुमा पार्टनरप्रति रुची घट्छ । उनीहरु अरुसँग सम्बन्ध स्थापित गर्न लालयित हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment