+
+
Shares

प्रमुख निर्वाचन आयुक्तको अपीलः सुरक्षाको बलियो प्रबन्ध छ, ढुक्क भएर मतदान गर्नुस्

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर १९ गते १९:४७

१९ मंसिर, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले पर्सी बिहीबार (२१गते) ४५ वटा जिल्लामा हुने प्रदेश र प्रतिनिधि सभानिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताएका छन् ।

सरकारले सुरक्षाको समेत बलियो प्रबन्ध गरेको भन्दै उनले ढुक्क भएर मतदान गर्न आग्रह पनि गरेका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा प्रमुख आयुक्त यादवले भने, ‘सुरक्षामा अहिले व्यापक सुधार आएको छ, आम मतदाताका लागि सरकारले भरपर्दो सुरक्षा प्रवन्ध गरेको छ ।’

उनले निर्वाचनको पूर्वसन्ध्यामा उम्मेदवारलाई लक्षित गरेर घटाइएका घटनाहरुप्रति खेद व्यक्त गरे ।

निर्वाचनको व्यवस्थापकीय काम पनि पूरा भइसकेको उनले बताए उनले भने, ‘आयोग अहिले २४ सैं घण्टा स्ट्याण्डबाई अवस्थामा छ, जिल्लामा केही कठिनाई भए समाधान गर्न हामी तयारी अवस्थामा छौं ।’

आयोगका पदाधिकारीहरुले निर्वाचन हुने ४५ वटै जिल्लाको लागि सुक्ष्म अनुगमन गर्ने पन उनले बताए ।

मतदान सकिए लगत्तै मतपेटिकाहरु केन्द्रमा पुर्‍याउन कर्मचारीहरुलाई तयारी अवस्थामा राखिएको उनले बताए ।

त्यक्षतर्फको मत परिणाम एक हप्ताभित्रै आउने गरी आयोगले निर्देशन दिएको उनले बताए । ‘मतगणना छिटोछरितो गर्नुपर्छ, यहीअनुसार हामीले निर्देशन जारी गरिसकेका छौं’ यादवले भने ।

उनका अनुसार मतगणनामा कुनै अप्रिय घट्नान होस् भनेर निर्वाचन अधिकृतलाई सिसिटीभी राख्न निर्देशन दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?