Comments Add Comment

ताप्लेजुङमा मतगणना स्थलमा सीसी क्यामेरासँगै बार

दलका प्रतिनिधि बारभित्र प्रवेश गर्न नपाउने

१९ मंसिर, ताप्लेजुङ । पहिलो चरणमा निर्वाचन सम्पन्न भएको ताप्लेजुङमा मतगणना स्थल तयार गरिएको छ ।

मतगणनाको क्रममा हुन सक्ने अराजक कि्रयाकलापलाई रोक्न सुरक्षा व्यवस्था कडा बनाएको छ ।

मतगणना स्थलको सुरक्षा सम्बेदनशीलतालाई मध्यनजर गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सीसी क्यामेरा जडान गरिएको छ । साथै मतगणना स्थलमा काँडेतारको बार लगाइएको छ ।

मतगणनाको समयमा राजनीतिक दल र अन्य व्यक्तिबाट घटना हुनसक्ने सम्भावनालाई मध्यनजर राख्दै गणना स्थलमा काठको फ्रेममा प्लाष्टिकको डोरी प्रयोग गरी बार लागाइएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए ।

बार बाहिर राजनीतिक दलका प्रतिनिधि रहने र भित्र मतगणना गरिने तयारी भएको कार्कीले बताए ।

राजनीतिक दलका प्रतिनिधिसँगै उनीहरुलाई निगरानी गर्न सुरक्षाकर्मी पनि राख्ने तयारी भएको छ ।

मतगणना स्थललाई सीसी क्यामराबाट पनि निगरानी गर्ने व्यवस्था मिलाइएको उनले बताए ।

यता मत गणनाको समय नजिकिदै जादा मुख्य निर्वाचन अधिकृतको कार्यालय आसपासमा हुने गतिविधिलाई नियाल्दै सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी मोहन जिसिले जानकारी दिए ।

ताप्लेजुङमा दोस्रो चरणमा निर्वाचन सम्पन्न भएको मंसिर २१ गते साँझ ५ बजे देखिनै मतगणना गर्ने तयारी भएको छ ।

मतगणना चारवटा कोठामा गरिने र प्रदेश र प्रतिनिधिसभाको एकैपटक गनिने मुख्य निर्वाचन अधिकृतले जानकारी दिए ।
यसैवीच मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणना कार्यमा खटिने दलका प्रतिनिधिलाई समेत मतगणना सम्बन्धी अनुशिक्षण दिने तयारी गरेको छ ।

निर्वाचनमा सहभागी प्रत्येक दलबाट १० जनासम्मलाई बुधबार एकदिने अनुशिक्षण दिइने मुख्य निर्वाचन अधिकृत कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment