Comments Add Comment

साओमीको एमआई ए-१ नेपालमा

काठमाडौं । साओमीले उत्पादन गरेको एम आई ए-१को नेपालमा बिक्री सुरु भएको छ । एमआई डिलर्स तथा ललितपुरको लबिम महलबाट बिक्री सुरु भएको छ । यो देशभर नै बिक्रीमा गएको छ ।

एम आई ए-१मा ५.५ इन्चको एलटिपिएस आइपिएस एलसिडि एफएचडि डिस्प्ले रहेको छ । मेटल बडि रहेको यो स्मार्टफोनमा ४ जिबीको र्‍याम र ३२ जिबीको रोम रहेको छ । यो स्मार्टफोनमा ३०८० एमएएच क्षमताको ब्याट्री रहनुपर्छ ।

यसमा ५ मेगापिक्सलको फ्रन्ट क्यामेरा छ भने १२ मेगापिक्सलका दुईवटा रियर क्यामेरा छन् । एमआई ए-१ को बिक्री वितरण सुरु गरेको छ । साथै यो स्मार्टफोन एमआई नेपालको अफिसियल वेबसाइटमा पनि पाउन सकिन्छ ।

साओममी चिनियाँ कम्पनी हो । जसले स्मार्टफोन, मोबाइल एप्सको उत्पादन गर्ने गर्छ । सने २०१० मा उदाएको यो कम्पनीले सन् २०१ं५ सम्ममा ७ करोड मोबाइल बेचेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment