२१ मंसिर, काठमाडौं । आम निर्वाचनमा राष्ट्रिय उत्साह देखिएको छ । विभिन्न पुस्ताका मतदाताहरु मतदानस्थलमा पुगेका छन् । वयोवृद्ध मतादाताहरु बोकिएर पुगेका छन् भने महिलाहरु घुम्टोसहित भोट हाल्न उपस्थित भएका छन् ।
बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्न सकिने भएता पनि मतदाताहरु बिहानैदेखि मतदान गर्न आतुर देखिएका छन् ।
किरियापुत्रीहरुसमेत मतदानस्थलमा उपस्थित भएर मतदानमा व्यस्त छन् ।
विभिन्न समुदाय एवं उमेर समूहका मतदाताहरुको उत्साहजनक उपस्थिति हेर्दादेखि मतदानको प्रतिशत पहिलो चरणमा भन्दा बढ्न सक्ने अनुमान लगाउन सकिन्छ । मंसिर १० गतेको पहिलो चरणमा ६५ प्रतिशतमात्रै मत खसेको थियो ।
हामीले यहाँ निर्वाचनका केही दृश्यहरु प्रस्तुत गरेका छौंः







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4