Comments Add Comment

चुनावपछि समृद्धि र पुनर्जागरणको युग शुरु हुन्छः ईश्वर पोखरेल

२१ मंसिर, काठमाडौं । नेकपा एमालेका महासचिव एवम् काठमाडौं निर्वाचन क्षेत्र नं. ५ का वाम गठबन्धनका साझा उम्मेदवार ईश्वर पोखरेलले चुनावपछि मुलुक विकास र समृद्धिको युगमा प्रवेश गर्ने बताएका छन् ।

महासचिव पोखरेलले टोखा नगरपालिका वडा नं. ६ धापासीस्थित स्काई लार्क स्कुलमा मतदान पछि सञ्चारकर्मीसँग कुरा गर्दै चुनावपछि मुलुकमा समृद्धिको पुनर्जागरण यु्ग प्रारम्भ हुने प्रतिक्रिया दिए ।

‘वैदेशिक लगानी र स्थानीय सरकार समेतको व्यापक परिचालनबाट आर्थिक एजेण्डालाई प्राथमिकता दिएर अबको ध्यान भौतिक पूर्वाधार विकासमा केन्दि्रत गर्छौं,’ महासचिव पोखरेलले भने, ‘हाम्रो अबको ध्यान मुलुकको पुनर्निर्माण र आधुनिकीकरणमा हुनेछ, समृद्धि प्राप्तिका निम्ति हुनेछ ।’

राजनीतिक क्रान्तिको समाप्तिपछि आफूहरुको कार्यसूची नै अब समृद्धि र विकासको पक्षमा रहेको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment