Comments Add Comment

मतदान गरेपछि ओलीले भने- चुनाव टार्ने प्रधानमन्त्रीका सबै प्रयास असफल भए

 

२१ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव सार्ने प्रधानमन्त्री शेरबहादुर देउवाका सबै प्रयासहरु असफल भएको टिप्पणी गरेका छन् । भक्तपुर क्षेत्र नम्बर २ को बालकोटबाट मतदान गरेपछि पत्रकारहरुसँग कुरा गर्दै ओलीले प्रधानमन्त्री देउवाले चुनाव सार्न हरसम्भव प्रयास गरेको आरोप लगाए ।

ओलीले भने- उहाँका प्रयासहरु असफल भए । उहाँले आफ्ना सहयात्रीहरुलाई अदालत धाउन लगाउनेदेखि मतपत्र छाप्न नभ्याउनेसम्मका अनेक समस्या खडा गर्नुभयो । त्यो समस्या लिएर अदालतमा पठाउने लगायतका तमासा पनि गर्नुभयो, तर हामीले चुनाव बाहेक अरु कुरामा ध्यान दिएनौं ।

ओलीले चु्नावको बेला सयौं ठाउँमा बम पड्काएर व्यक्तिको हत्या तथा उम्मेदवार घाइते हुँदा पनि सरकारले बम कसले हानेको हो भनेर अहिलेसम्म भन्न नसकेको बताए । उनले भने- चुनाव भाँड्नकै लागि बमकाण्डको रचना भएको आशंका छ । सयौं बम पड्किए तर सरकार कसले बम पड्कायो भन्न सक्दैन, दोषी को हो सरकार भन्दैन ।

ओलीले चुनाव सम्पन्न भइसकेकाले अब देश राजनीतिक स्थिरताको बाटोमा अघि बढ्ने दावी गरे । एमाले एक्लैले सामान्य बहुमत ल्याउने अवस्था थियो भन्दै ओलीले माओवादी र एमाले मिलेपछि दुई तिहाई नै आउने अवस्था भएको ओलीले बताए ।

यो पनि पढ्नुहोस्
भोट हालेपछि देउवाले भने- चुनाव गराउने ऐतिहासिक जिम्मेवारी पूरा गरें

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment