शुक्रबार, २९ मंसिर, २०७४
OnlineKhabar.com
Advertisment
SKIP THIS
Advertisment
SKIP THIS

भोट हालेपछि देउवाले भने- चुनाव गराउने ऐतिहासिक जिम्मेवारी पूरा गरें

'ओली जीले अब पनि चुनाव सर्छ भन्न बेर छैन'

आशिष मल्ल

२१ मंसिर, डडेल्धुरा । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेलधुराको गन्यापधुरा वडा नम्बर १ को असिग्राम मावि रुवाखोला केन्द्रबाट मतदान गरेका छन् ।

मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै देउवाले सरकारले चुनाव सार्दैछ भन्नेहरुको मुख बन्द भएको हुनसक्ने अनुमान गरे । उनले निर्वाचन गराउने ऐतिहासिक जिम्मेवारी पूरा गरेको पनि बताए ।

‘चुनाव गरेर ऐतिहासिक जिम्मेवारी पूरा गर्न पाएकोमा खुसी भएको छु,’ देउवाले भने, ‘ओली जीले त भोट हालिसकेपछि पनि चुनाव सर्छ भन्नबेर छैन ।’

देउवाले अघि भने, ‘चुनाव सर्दैछ भन्नेहरुको मुख बन्द हुनुपर्ने हो ।’

उनले निर्वाचनमा कांग्रेसको बहुमत आउने र कांग्रेसकै सरकार बन्ने दावीसमेत गरे । प्रदेश नम्बर ७ मा कांग्रेसको सबैभन्दा राम्रो पकड भएको उनले बताए।

आफू काठमाडौं फर्किनेबित्तिकै सातवटै प्रदेशको प्रमुख र राजधानी पनि तोक्ने देउवाले जानकारी दिए ।

निर्वाचनको लागि गृहजिल्ला आएका देउवा मतदान गरेर कैलाली हुँदै काठमाडौं जाने योजना छ ।

यो पनि पढ्नुहोस्

मतदान गरेपछि ओलीले भने- चुनाव टार्ने प्रधानमन्त्रीका सबै प्रयास असफल भए

२०७४ मंसिर २१ गते १३:११ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

३ प्रतिकृयाहरू प्राप्त
  • bimal लेख्नुहुन्छ    |   २०७४ मंसिर २१ गते १४:१०

    That’s true Mr. PM, you have certainly succeeded to accomplish a historical responsibility & you’re true about that mindless pathetic hypocrite Oli. Thnak You PM & congratulations all Nepalese brothers & sisters!!

    7
    6
    Share

  • Keshab लेख्नुहुन्छ    |   २०७४ मंसिर २१ गते १४:२०

    Neech remarks

    0
    1
    Share

  • प्रमोद लेख्नुहुन्छ    |   २०७४ मंसिर २१ गते १४:४८

    ओलीले तेती नभनेको भए चुनाव सारि सक्थ्यौ ।

    4
    5
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this