२२ मंसिर, काठमाडौं । लमजुङमा प्रतिनिधिसभातर्फको मतगणना माओवादी नेता देव गुरुङले अग्रता लिएका छन् । बाम गठबन्धनका उम्मेदवार गुरुङलाई नेपाली कांग्रेसका दिलबहादुर घर्तीले पछ्याइरहेका छन् ।
गुरुङले ९९०३ मत प्राप्त गर्दा कांग्रेसका घर्तीले ८८११ मत पाएका छन् । माओवादी उम्मेदवार गुरुङ घर्तीभन्दा १०९२ मतले अघि छन् ।
मतगणनामा दुबै उम्मेदवार कडा प्रतिस्पर्धामा देखिएका छन् । त्यसैगरी लमजुङको प्रदेशसभा ‘क’ मा एमामलेका धनन्जय दवाडी अघि छन् । उनले ५८१७ मत पाउँदा कांग्रेसका गर्जबहादुर गुरुङले ३७३८ मत पाएका छन् ।
प्रदेशसभा ‘ख’ मा एमालेका पृथ्वीसुब्बा गुरुङले अग्रता लिएका छन् । उनले ५९९२ मत पाउादा उनका कांग्रेस प्रतिद्वन्द्वी ५१५६ मत पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4