२२ मंसिर, कपिलवस्तु । कपिलवस्तु क्षेत्रनम्बर १ को प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ । पछिल्लो परिणामअनुसार वामगठबन्धन अगाडि छ ।
वाम गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका नेता चक्रपाणि खनाल ‘बलदेव’ले २ हजार २१९ मत पाएका छन् ।
यसैगरी कांग्रेस नेता दीपक कुमार उपाध्यायले १ हजार ४८३ मत पाएका छन् ।
यो मतअनुसार माओवादी नेता खनाल ७३६ मत अन्तरले अघि छन् ।
भारतका लागि नेपाली राजदूत पदबाट राजीनामा दिएर उपाध्याय प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4