Comments Add Comment

दाङ अपडेटः प्रदेश र प्रतिनिधिसभाका सबै क्षेत्रमा वाम उम्मेदवारको अग्रता

२२ मंसिर, दाङ । दाङका प्रतिनिधिसभा र प्रदेशसभाका सबै निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारहरु अगाडि छन् ।

क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा तर्फ एक हजार ४ सय २० मत गणना हुँदा वाम गठबन्धनका मेटमणि चौधरी १ हजार ६११ मतसहित अग्रस्थानमा छन् । उनलाई नेपाली कांग्रेसकी सुशिला चौधरीले १ हजार २१८ मतसहित पछ्याइरहेकी छन् ।

यसैगरी दाङ क्षेत्र नम्बर २ को प्रतिनिधिसभा तर्फ वाम गठबन्धनबाट माओवादीका कृष्णबहादुर महराले सुरुदेखि नै अग्रता कायमै राखेका छन् । महराले ६ हजार ३ सय ७५ मत पाएका छन् । उनलाई  नेपाली कांग्रेसका राजु खनालले ४ हजार ३ सय ६४ मतले पछ्याइरहेका छन् ।

यसैगरी दाङ क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा तर्फ वाम गठबन्धनबाट एमालेका उमेदवार हिराचन्द्र केसीले १६ सय ६० मत प्राप्त गर्दै अग्रता लिएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेदवार दीपक गिरीले १५ सय २ मत प्राप्त गरेका छन् ।

प्रदेशसभामा पनि वाम गठबन्धन अगाडि

प्रदेशसभातर्फ पनि दाङका ६ वटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारहरु अगाडि छन् ।

क्षेत्र नम्बर १ (क)मा वाम गठबन्धनबाट माओवादी केन्द्रका इन्द्रजित थारु ४ सय ६४ मतसहित अग्रस्थानमा छन् । उनलाई नेपाली कांग्रेसका प्रदीप थापाले ३ सय २९ मतसहित पछ्याइरहेका छन् ।

क्षेत्र नम्बर १ (ख)मा वाम गठबन्धनबाट एमालेका रेवतीरमण शर्माले अग्रता लिएका छन् । उनले १  हजार ६ सय ८४ मत पाउँदा नेपाली कांग्रेसका जानकीलाल बस्नेतले १ हजार ७६ मत पाएका छन् ।

प्रदेशसभातर्फ क्षेत्र नम्बर २ (क)मा वाम गठबन्धनबाट नेकपा एमालेका उम्मेदवार शंकर पोख्रेलले ७ हजार २ सय १२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेदवार कमलकिशोर घिमिरेले ३ हजार ९ सय १२ मत प्राप्त गरेका छन् ।

यसैगरी प्रदेशसभातर्फ क्षेत्र नम्बर २ (ख) मा वाम गठबन्धनका उमेदवार अम्मरबहादुर डाँगीले ५ हजार १ सय ९६ मतसहित अग्रता कायमै राखेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार भरतबहादुर न्यौपानेले २ हजार ९ सय ६२ मत पाएका छन् ।

प्रदेशसभातर्फ क्षेत्र नम्बर ३ (क) मा १७ सय १४ मतगणना हुँदा वाम गठबन्धनबाट माओवादी उमेदवार जगप्रसाद शर्मा ‘अपार’ले ७६६ मत प्राप्त गर्दै अग्रता लिएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डिल्लीबहादुर चौधरीले ६९५ मत प्राप्त गरेका छन् ।

त्यस्तै प्रदेशसभातर्फ नै ३ (ख)मा पनि वाम गठबन्धनका उम्मेदवार उत्तरकुमार वलीले १७ सय ८ मत प्राप्त गर्दै अग्रता लिएका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांगेसका उम्मेदवार बुद्धिराम भण्डारीले १३ सय २ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment