+
+
Shares

प्रतिकूल मौसमले भरतपुर र तुम्लिङटार विमानस्थलको उडान प्रभावित

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ११ गते १०:२५

११ असोज, काठमाडौं । प्रतिकूल मौसमका कारण केही उडानहरु प्रभावित भएका छन् ।

र पर्याप्त भिजिबिलिटी नहुँदा चितवनको भरतपुर र संखुवासभाको तुम्लिङटार विमानस्थल अझै सञ्चालनमा आउन सकेका छैनन् ।

विमानस्थल कार्यालयका अनुसार दुवै विमानस्थलमा मौसम प्रतिकूल रहेकाले उडान सञ्चालन हुन नसकेका हुन् ।

यता पोखरा विमानस्थलको भिजिबिलिटी भने बढ्दो क्रममा रहेको छ । पर्याप्त भिजिबिलिटी भए उडान सुरु गर्ने तयारी गरिएको छ ।

खराब मौसमकै कारण आज हुने भनिएको माउन्टेन फ्लाइटहरुसमेत सञ्चालन हुन सकेका छैनन् । मौसममा सुधार आएपछि उडान सञ्चालन गर्न सकिने विमानस्थलहरूले जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?