२२ मंसिर, हुम्ला । हुम्ला प्रदेशसभा(ख) मा कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री जीवनबहादुर शाही विजयी भएका छन् ।
कांग्रेसका शाहीले माओवादी केन्द्रका विजय भण्डारीलाई पराजित गरेका हुन् । यो कांग्रेसको प्रदेश ६ को पहिलो जित हो ।
शाहीले चार हजार ५१९ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी माओवादीका भण्डारीले ३९ सय ९३ मत ल्याएका हुन् ।
यस्तै नयाँ शक्तिका प्रेम शाहीले ७२२ मत ल्याएका छन् ।
विजयी भएका शाही कांग्रेसका प्रदेश नं. ६ का मुख्यमन्त्रीका दावेदार थिए । उनी उड्डयन क्षेत्रको पेशा छोडेर राजनीतिमा आएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4