+
+

अर्जुननरसिंह केसीको प्रतिक्रियाः अब यो ढंगले कांग्रेस टिक्न सक्दैन

‘मतगणनामा पछि परे पनि हार स्वीकार गर्दिनँ’

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर २३ गते ०:३८

२२ मंसिर, । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले निर्वाचनको प्रारम्भिक परिणाम कांग्रेसका लागि निराशाजनक रहेको भन्दै पार्टी नेतृत्वले यसको गम्भिर समीक्षा गर्नुपर्ने बताएका छन् ।

मतगणना जारी रहँदा नुवाकोट २ मा दुई हजार भन्दा बढी मतान्तरले पछि परेका नेता केसीले निर्वाचनको प्रारम्भिक परिणाम कांग्रेस र लोकतन्त्रवादीका लागि चुनौतिका रुपमा देखा परेको टिप्पणी गरेका छन् ।

अनलाइनखबरसँग कुरा गर्दै नेता केसीले परिणामको वस्तुपरक समीक्षा गर्नुपर्ने बेला आएको बताए । केसीले पार्टी सञ्चालनका सन्दर्भमा नेतृत्व धेरै ठाउँमा चुकेको टिप्पणी गर्दै अब कांग्रेसलाई नयाँ ढंगले चलाउनुपर्ने बताए ।

उनले भने– यो ढंगले कांग्रेस टिक्न सक्दैन । अब नयाँ ढंगले सोच्नुपर्छ । पार्टी सञ्चालनका विधिहरुका बारेमा गम्भीर समीक्षा गर्नुपर्छ । हामी कहाँनिर चुक्यौं भनेर पार्टीमा छलफल गर्नुपर्छ, अहिले आरोप प्रत्यारोपको बेला होइन ।

यद्यपि नुवाकोट क्षेत्र नम्बर २ मा भने आफूले हार स्वीकार गरिनसकेको केसीले बताए । एमालेका नारायण खतिवडासँग २१ सय मतान्तरले पछि परिरहेका केसीले अझै धेरै मत गन्न बाँकी रहेकाले हार स्वीकार नगरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?