News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले बाढीपीडितलाई राहत वितरणमा एकद्वार प्रणाली केन्द्रीकृत सोचको उपज भएको बताएका छन् ।
- उनले राहत सामग्री सदमुकाम र हेडक्वार्टरमा थुप्रिएको भन्दै प्रणालीलाई प्रभावकारी, पारदर्शी र विकेन्द्रीकृत गर्न आग्रह गरे ।
- केसीले जलवायु परिवर्तनको असर नेपालले भोगिरहेको भन्दै यसलाई अन्तर्राष्ट्रियकरण गर्न र रसुवा बाढीबारे दातृ निकायको सम्मेलन गर्न सरकारलाई आग्रह गरे ।
१८ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले बाढी प्रभावत राहत वितरणमा एकद्धार प्रणाली केन्द्रीकृत सोचको उपज भएको बताएका छन् ।
‘एकद्धार प्रणालीको नाममा जुन खालको केन्द्रीकृत सोच अपनाइएको छ । यो अत्यन्त आपत्तिजनक छ,’ उनले भने, ‘राहतका सामग्री सदमुकाम र हेडक्वार्टरमा थुप्रिएका छन् । पीडितहरू भोकभोकै रात बिताउन बाध्य छन् ।’
यसकारण यसलाई प्रभावकारी र पारदर्शी बनाउँदै विकेन्द्रीकरण गर्नुपर्ने उनको आग्रह छ ।
साथै, नेपालले जलवाु परिवर्तनको असर नेपालले भोगिरहेको पनि उठाए । नेपालले नगरेको विषयमा दण्ड भोगिरहेको भन्दै यसलाई अन्तराष्ट्रियकरण गर्नुपर्ने बताए ।
यसमा सरकार अगाडि बढ्दा सबै दलले साथ दिने उनले बताए ।
रसुवा बाढीको विषयामा दातृ निकायको सम्मेलन गर्न आवश्यक रहेको र यसको तयारीका लाग्न सरकारलाई आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4