+
+
Shares

अर्जुननरसिंह केसीको प्रश्न- प्रधानमन्त्रीको एक्लै हिँड्ने लहड हो कि एक्लै पर्नुभएको ?

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २६ गते १४:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री एक्लै हिँड्न खोजेको वा एक्लै पर्नुभएको भनी प्रतिनिधिसभा बैठकमा प्रश्न उठाएका छन् ।
  • उनले प्रधानमन्त्रीलाई संसद्को उपेक्षा नगरी संवैधानिक कर्तव्य पालना गर्न र जवाफदेहितालाई ऐच्छिक नमान्न आग्रह गरेका छन् ।
  • सांसद केसीले सरकारको सय दिनभित्र सय युवा विदेशबाट फर्काउने प्रतिबद्धताको कार्यान्वयन नभएको भन्दै प्रश्न उठाएका हुन् ।

२६ साउन, काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्रीको एक्लै हिँड्न खोजेको हो कि एक्लै परेको हो थाहा पाउन नसकेको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘प्रधानमन्त्रीको एक्लै हिँड्ने लहड हो कि एक्लै पर्नुभएको ?’ केसीको प्रश्न छ ।

देश र जनताको हितमा सिंगो संसद् प्रधानमन्त्रीको साथमा रहेको भन्दै उनले थपे, ‘तर संसद्प्रति तपाईंको उपेक्षा गरेर होइन । आफ्नो जवाफदेहिता ऐच्छिक नमानेर संवैधानिक कर्तव्य पालना गर्नुस् ।’

संवैधानिक संस्थाहरू कार्यपालिकाका लाचार छाँया बन्दै गएको उनले बताए । राम्रा प्रयासहरू पनि हचुवा र विधिविहीन देखिएको उनले बताए ।

लोकतन्त्रमा परिणाम मात्रै होइन, प्रक्रिया पनि लोकतान्त्रिक हुनुपर्ने उनको आग्रह छ ।

सत्तामा आएको १०० दिनमै १०० युवा विदेशबाट नेपाल फर्काउने प्रतिबद्धता कहाँ गयो भनेर पनि उनले प्रश्न गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?