0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

संसद् खुलाउन सरकारले तत्परता नदेखाउनु खेदजनक : अर्जुननरसिंह केसी

‘यो केवल प्रतिपक्षको उपेक्षा मात्र होइन, जनताको सार्वभौम इच्छाको प्रतिनिधित्व गर्ने सर्वोच्च नीतिगत मञ्च संसद्प्रतिको अनादर पनि हो ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २५ गते १४:४४

२५ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले संसद्मा प्रतिपक्षी दलको एकीकृत विरोध हुँदासमेत सरकारले समाधान खोज्न तत्परता नदेखाउन खेदजनक भएको टिप्पणी गरेका छन् । सोमबार एक्समार्फत आफ्नो धारणा सार्वजनिक गर्दै केसीले सरकारको यो कदम सार्वभौम संसद्प्रतिको अनादर रहेको बताएका हुन् ।

‘प्रधानमन्त्रीको अभिव्यक्ति तथा संसद्लाई छल्दै आर्थिक विधेयकमा गरिएको संशोधनप्रति सम्पूर्ण प्रतिपक्षी दलहरूको एकीकृत विरोध हुँदासमेत सरकारले समाधान खोज्न कुनै तत्परता नदेखाउनु खेदजनक छ,’ केसीले भनेका छन्, ‘यो केवल प्रतिपक्षको उपेक्षा मात्र होइन, जनताको सार्वभौम इच्छाको प्रतिनिधित्व गर्ने सर्वोच्च नीतिगत मञ्च संसद्प्रतिको अनादर पनि हो ।’

संसद्लाई कमजोर बनाउने प्रवृत्तिले लोकतन्त्र बलियो हुन नसक्ने उनले बताए । बरु यस्तो प्रवृत्ति निरंकुशतातिर उन्मुख बनाउने उनको धारणा छ ।

‘संसद् विचार, विमर्श, असहमति र सहमतिका माध्यमबाट राष्ट्रिय समस्याको समाधान खोज्ने सर्वोच्च लोकतान्त्रिक संस्था  हो । जनताका आवाजलाई नीतिमा रूपान्तरण गर्ने स्थान भएकाले यसको मूल धर्म बहस, संवाद ,सहमति र निर्णय हो।यस्को सुत्राधार र संयोजन सत्ता पक्ष र सभामुख ले नै गर्नु पर्छ,’ उनले भनेका छन् ।

जनताको समृद्धि, विकास र भविष्यसँग प्रत्यक्ष जोडिएको वार्षिक बजेटमाथि संसद्मा गम्भीर छलफल हुन नसक्नु, स्थगन हुनु, छैटौं दिनसम्म पनि संसद् अवरोध निरन्तर रहँदा पनि सरकार मौन रहनु अत्यन्त दु:खद रहेको उनले बताएका छन् ।

‘यदि संसद्मा बहस, जवाफदेहिता र सहमतिको अभ्यास कमजोर हुँदैजाने हो भने जनप्रतिनिधिमूलक संस्थाको औचित्यको कुनै अर्थ रहदैन,’ उनले अगाडि लेखेका छन्, ‘तसर्थ सरकारले तत्काल सबै पक्षसँग संवाद गरी सहमतिमार्फत निकास खोज्नु कर्तव्य र लोकतान्त्रिक दायित्व मात्र होइन, संसदीय मर्यादा, परम्परा र बिधिको शासनको न्युनतम पालना गर्ने अपरिहार्य आवश्यकता पनि हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?