News Summary
Generated by OK AI. Editorially reviewed.- नेता अर्जुननरसिंह केसीले पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा संविधान सुधार सुझाव आयोग गठन हुनुपर्ने बताएका छन्।
- केसीले आयोगले संसदभित्र र बाहिर रहेका सबै राजनीतिक पक्षलाई संयोजन गरेर सुझाव दिनुपर्ने धारणा व्यक्त गरेका छन्।
- उनले संविधानले कुनै पार्टीका इच्छा मात्र नेतृत्व गर्नु नहुने र राष्ट्रिय बहस आवश्यक रहेको बताए।
३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा संविधान सुधार सुझाव आयोग गठन हुनुपर्ने बताएका छन् । सो आयोगले संसदभित्र रहेका राजनीतिक दल र बाहिर रहेका सबै पक्षलाई संयोजन गरेर सुझाव दिनुपर्ने उनको धारणा छ ।
आज प्रजातात्रिक विचार समाजले काठमाडौंमा आयोजना गरेको ‘समसायिक राजनीतिमा नेपाली कांग्रेसको भूमिका’ सम्बन्धी अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता केसीले भने, ‘एउटा कुनै पूर्वप्रधानन्यायाधीशको अथवा त्यत्तिकै राष्ट्रले चिनेको संविधानविद/विज्ञको संयोजकत्वमा संविधान सुधार सुझाव आयोग गठन होस् ।’
संविधानले कुनै पार्टीका इच्छा र अभिमतलाई मात्र नेतृत्व गर्नु नहुने नबताउँदै उनले व्यवहारमा देखिएका त्रुटि कमजोरी समेतलाई केन्द्रविन्दुमा राखेर संविधानबारे राष्ट्रिय रुपमा बहस चलाउनुपर्ने आवश्यकता औंल्याए ।
यस विषयमा आफूले पार्टी सभापति र महामन्त्रीलाई समेत सुझाव दिइसकेको बताउँदै केसीले भने, ‘अब पार्टीले कसरी टेकअफ गर्छ यो मलाई थाहा छैन ।’
देश द्वन्द्वमा फस्न सक्ने सम्भावना रहेको भन्दै उनले राष्ट्रिय एकताको खाँचो औंल्याए । ‘अहिले नेपाल झण्डै–झण्डै वैश्वैक राजनीतिक केन्द्रको द्वन्द्व थलोको केन्द्रको ककपिट भन्छ नि त्यो ढंगले विकसित भएको छ,’ केसीले भने, ‘समग्र राष्ट्रिय एकता अहिले नेपालको आवश्यकता हो ।’
प्रतिक्रिया 4