News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सबैको प्राथमिकता पार्टी एकतामा केन्द्रित हुनुपर्ने बताएका छन्।
- सर्वोच्च अदालतले विशेष अधिवेशनको वैधता टुंगो लगाइसकेकोले दम्भ, अहंकार राख्न नहुने केसीले बताएका छन्।
- केसीले १५ औं महाधिवेशनलाई एकता अधिवेशन र अभियानका रूपमा सफल बनाउनु आवश्यक रहेको उल्लेख गरेका छन्।
५ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सबैको प्राथमिकता पार्टी एकतामा केन्द्रित हुनुपर्ने बताएका छन् ।
सर्वोच्च अदालतबाट विशेष अधिवेशनको वैधता टुंगो लागिसकेकाले दम्भ, अहंकार कसैले राख्न नहुने उनको भनाइ छ ।
‘विशेष अधिवेशन विधिवत् रहेको विषय अदालतबाट टुङ्गो लागिसकेको वर्तमान अवस्थामा अब हामी सबैको प्राथमिकता कतैबाट पनि दम्भ, अहंकार वा शक्ति प्रदर्शन होइन, समग्र पार्टी एकतामा केन्द्रित हुनुपर्छ,’ केसीले सामाजिक सञ्जालमार्फत् भनेका छन् ।
लोकतान्त्रिक पार्टीमा वाद–विवाद स्वाभाविक भएको भन्दै उनले संवाद र सहमतिमार्फत् सबै पक्षको सम्मान गरेर १५ औं महाधिवेशनलाई एकता अधिवेशन र अभियानका रूपमा सफल बनाउनु जरुरी रहेकोमा जोड दिएका छन् ।
‘असहमतिमा रहेका साथीहरूलाई समेट्दै साझा एजेन्डा तय गर्ने, व्यक्तिगत विवादभन्दा विधि, पद्दति र संस्थागत हितलाई सर्वोपरी राख्ने संस्कारको विकास आजको हाम्रो साझा दायित्व हो,’ केसीले लेखेका छन् ।
वर्तमान चुनौतीहरू सामना गर्न सक्षम, सुदृढ र एकीकृत कांग्रेस निर्माणका लागि नेतृत्वले उदारता, सहिष्णुता र समावेशी निर्णय प्रक्रियालाई अझ सशक्त बनाउनु आवश्यक रहेको उनको भनाइ छ ।
‘वर्तमान चुनौतीहरू सामना गर्न सक्षम, सुदृढ र एकीकृत कांग्रेस निर्माण आजको आवश्यकता हो,’ केसीले लेखेका छन्, ‘यसका लागि नेतृत्वले उदारता, सहिष्णुता र समावेशी निर्णय प्रक्रियालाई अझ सशक्त बनाउनु आवश्यक छ ।’
प्रतिक्रिया 4