News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गर्नुभएको छ।
- प्रतिनिधिसभा बैठकमा केसीले आयोगको प्रतिवेदन अझै औपचारिक रूपमा सार्वजनिक नभएकोमा आपत्ति जनाउनुभयो।
- केसीले प्रतिवेदन सबै सांसदलाई उपलब्ध गराउन सरकारलाई सचेत गराउनुभएको छ।
४ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा शून्य समय लिएर बोल्दै उनले सो आयोगको प्रतिवेदन अझै औपचारिक रूपमा सरकारले सार्वजनिक नगरेकोमा आपत्ति जनाए । उनले सो प्रतिवेदन सबै सांसदहरूलाई उपलब्ध गराउन पनि सरकारलाई सचेत गराए ।
‘भाद्र २३ र २४ को नरसम्हार र विध्वंशको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृ्रत्वको जाँचबुभ आयोगको प्रतिवेदन बुझाइ सकिएको छ,’ केसीले भने, ‘तर उक्त दस्तावेज अझै औपचारिक रुपमा सार्वजनिक गरिएको छैन । तसर्थ त्यसलाई तत्काल सार्वजनिक गर्दै माननीय सदस्यहरूलाई उपलब्ध गराइसोस् भन्ने माग गर्दछु ।’
उक्त आयोगको प्रतिवेदन कार्यान्वयनमा नआएको पनि सांसदहरूको आपत्ति छ । नेता केसीले सरकारले त्यस्ता आयोगहरूको प्रतिवेदन सार्वजनिक गर्ने कुरामा ढिलाइ गर्न नहुने बताए ।
प्रतिक्रिया 4