News Summary
Generated by OK AI. Editorially reviewed.- आधुनिक विश्वका जटिल समस्या समाधान गर्न परम्परागत ढाँचाको कूटनीति मात्र पर्याप्त नभएको विश्लेषण गरिएको छ ।
- जलवायु परिवर्तन, महामारी र एआई जस्ता चुनौती सम्बोधन गर्न गैरपरम्परागत क्षेत्रका व्यक्तिको कूटनीतिक भूमिका महत्त्वपूर्ण हुँदै गएको छ ।
- दूतावासमा मात्र सीमित नभई कर्पोरेट बोर्डरुम, प्रयोगशाला र समुदायसम्म कूटनीतिको सञ्जाल विस्तार हुनुपर्नेमा जोड दिइएको छ ।
२५ जेठ, काठमाडौं । आधुनिक इतिहासको अधिकांश कालखण्डमा कूटनीति एउटा निकै योजनाबद्ध र व्यवस्थित ढाँचामा आउने गर्थ्यो ।
जस्तै, ओहोदाको प्रमाणपत्र, भव्य भवनहरू, राष्ट्रिय झन्डाहरू र विश्वलाई कुनै औपचारिक कार्य भइरहेको सङ्केत दिनका लागि निकै सतर्कतापूर्वक मिलाइने ह्यान्डसेक ।
यो संरचना अझै पनि अस्तित्वमा छ । यसको आफ्नै महत्त्व पनि छ। तर, आजको यस खण्डित विश्वको उतारचढावलाई पार लगाउनका लागि यो संरचना मात्रै पर्याप्त छैन।
त्यस परम्परागत संरचनाभित्र आफ्नो सम्पूर्ण खेल जीवन वा करियर बिताएका जो कोहीलाई सोध्नुहोस् कि कुन कुराले उनीहरूलाई यस काममा निपुण बनायो? यसको जवाफमा ओहोदा वा प्रमाणपत्रको चर्चा विरलै हुने गर्छ।
बरु, यसको वास्तविक जवाफ त फरक-फरक परिस्थिति र सन्दर्भहरूमा आफूलाई सहजै ढाल्न सक्ने क्षमता नै हो।
एउटा कोठामा बस्दा वित्तीय क्षेत्रको बारेमा बोल्न सक्नु र अर्को कोठामा छिर्दा नागरिक समाजको बारेमा बोल्न सक्नु । परस्पर विरोधी स्वार्थ भएका पक्षहरूको बन्धक नबनीकन उनीहरू सबैको विश्वास जित्न सक्नु।
अपरिचित कोठाको वातावरणलाई पनि बुझेर त्यहाँ अनुकूल हुने उपयुक्त माध्यम पहिल्याउन सक्नु।
आफ्ना कूटनीतिक पेशामा अब्बल ठहरिएका व्यक्तिहरू मूलतः बहुप्रतिभाशाली (पोलिम्याथ) र परिस्थिति अनुसार रङ बदल्न सक्ने ‘छेपारो’ (क्यामेलियन) जस्तै हुन्। कूटनीतिज्ञको पदवी त केवल एउटा आवरण थियो । तर त्यसभित्रको वास्तविक सीप त पूर्ण रूपमा बेग्लै कुरा हो।
त्यसैले, त्यही विशिष्ट सीप अहिले त्यो परम्परागत आवरणभन्दा बाहिर पनि निरन्तर देखिन थाल्नुमा कुनै आश्चर्य मान्नु पर्दैन।
यस युगका समस्याहरूले औपचारिक कूटनीतिलाई आधार दिने कानुनी वा राजनीतिक क्षेत्राधिकारलाई मान्दैनन्। जलवायु परिवर्तन, महामारीको पूर्वतयारी, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र ऋणको संरचना जस्ता विषयहरू कुनै एउटा मात्र द्विपक्षीय सम्बन्ध वा सर्वसम्मतिको कछुवा गतिमा हिँड्ने बहुपक्षीय संयन्त्रभित्र सुल्झिँदैनन्। यी समस्याहरू तब मात्र सुल्झिन्छन् , जब विभिन्न क्षेत्रमा आफ्नो बलियो साख र विश्वसनीयता भएका कोही व्यक्तिले फरक-फरक क्षेत्रहरूबीच समन्वय गराउन, बाझिएका स्वार्थहरूका कारण उत्पन्न हुने खटपटलाई मत्थर पार्न र आपसमा कत्ति पनि मेल नखाने साझेदारहरूलाई कुनै ठोस परिणाम नआउञ्जेलसम्म टेबलमा टिकाइराख्न आफ्नो त्यो साखको प्रयोग गर्ने निर्णय गर्छन्।
तर त्यस्ता व्यक्तिलाई विरलै मात्र कूटनीतिज्ञ भनिन्छ। उनीहरू राज्यका प्रणालीहरू असफल भएका ठाउँमा सेवा पुर्याउनका लागि सरकार, परोपकारी संस्था र निजी कम्पनीहरूलाई एउटै सूत्रमा बाँध्ने विश्वव्यापी स्वास्थ्य क्षेत्रका अगुवा हुन सक्छन्। अथवा, आफ्नै व्यवसायको दीर्घकालीन अस्तित्व आफूले काम गर्ने समाजको सुस्वास्थ्यमा भर पर्छ भन्ने बुझेर सशङ्कित नियामकहरूसामु सोही कुरा स्पष्ट रूपमा राख्न सक्ने कुनै ‘कर्पोरेट एक्जिक्युटिभ’ हुन सक्छन्।
या त, नियमनका लागि कानुनी लडाइँ लड्न सक्ने क्षमता भएर पनि सहकार्यले नै आफ्ना लागिसमेत सबैको हित गर्छ भन्ने हिसाबकिताब निकाल्ने कुनै वित्तीय आविष्कारक हुन सक्छन्। उनीहरू कसैसँग पनि कूटनीतिक ओहोदाको प्रमाणपत्र हुँदैन। तर, उनीहरू सबैले गर्ने काम भने कूटनीतिक नै हो – मतभिन्नताहरूका बीच विश्वासको वातावरण निर्माण गर्नु, विचारहरूलाई व्यवहारमा उतार्नु र संस्थाहरू एक्लैले चलाउन नसक्ने संवादहरूका लागि अनुकूल ठाउँ बनाइदिनु।
उनीहरूले यो काम त्यही कारणले गर्न सक्छन् जसका कारण उत्कृष्ट कूटनीतिज्ञहरूले गर्थे । किनभने उनीहरूले आफ्नो यात्राका क्रममा कुनै पनि एउटा क्षेत्रमा आफ्नो अस्तित्व नगुमाईकन विभिन्न क्षेत्रहरूबीच कुशलतापूर्वक अगाडि बढ्न सिकेका हुन्छन्। यो क्षमता ( जसलाई हामी ‘डिप्लोम्याटिक इन्टेलिजेन्स’ भन्न सक्छौँ ) कुनै एउटा निश्चित पेसाको पेवा होइन। यो त एक विशेष प्रवृत्तिका मानिसहरूमा हुने गुण हो। र, यस्ता प्रवृत्तिका मानिसहरू आजभोलि जताततै भेटिन्छन्।
हामीसँग अहिलेसम्म जे कुराको अभाव खड्किएको छ । त्यो हो– यस्ता प्रवृत्तिका मानिसहरूलाई परिभाषित गर्ने उपयुक्त शब्द र उनीहरूले पाउनुपर्ने उचित कदर ।
त्यही शून्यतालाई चिर्नका लागि ‘द एन्भ्वाइज’ को परिकल्पना गरिएको हो। यसको मूल मान्यता नै के हो भने कूटनीति सधैँ यसको अन्तर्यमा एक प्रकारको व्यवहारिक शैली रहँदै आएको छ । जसले विभाजनका रेखाहरूबीच अनुवाद गर्ने, सम्बन्धको सेतु बन्ने र वार्ता गराउने काम गर्छ। र, यस्ता व्यवहारहरू आज ती परम्परागत संस्थाहरूको घेराभन्दा निकै बाहिर अभ्यास भइरहेका छन्, जसले ऐतिहासिक रूपमा यसमाथि आफ्नो एकलौटी अधिकार दाबी गर्थे। यो काम गरिरहेका मानिसहरू कूटनीतिका सहयोगी मात्र होइनन् । पुस्तौँदेखि यस अभ्यासलाई खडा गर्ने कूटनीतिज्ञहरू जत्तिकै यसका वास्तविक संवाहक हुन् भनेर चिनिनु आवश्यक छ।
यदि यस शताब्दीका चुनौतीहरू सञ्जालकृत (नेटवर्क्ड) छन् भने, तिनलाई सम्बोधन गर्न आवश्यक पर्ने कूटनीति पनि त्यस्तै सञ्जालकृत हुन जरुरी छ। यसको अर्थ कूटनीतिलाई केवल दूतावासहरूमा मात्र होइन, कर्पोरेट बोर्डरुम, प्रयोगशाला र सामुदायिक सङ्गठनहरूमा पनि खोज्नु हो। यसको अर्थ पहिचानको एउटा फरक संरचना तयार पार्नु हो । जसले सङ्गठनात्मक तालिका (अर्ग चार्ट) ले के भन्छ भन्ने भन्दा पनि वास्तवमा के भइरहेको छ भन्ने कुरालाई उजागर गरोस्।
वास्तवमा, पदवी त सधैँ सबैभन्दा कम महत्त्वको पाटो मात्रै थियो, मुख्य कुरा त सधैँ कार्यक्षमता नै हो।
प्रतिक्रिया 4