News Summary
Generated by OK AI. Editorially reviewed.- चिनियाँ राष्ट्रपति सी चिनपिङको पहिलो वैदेशिक भ्रमणले पेइचिङको कूटनीतिक प्राथमिकता कता छ भन्ने बलियो सङ्केत गर्दछ।
- राष्ट्रपति सीले सन् २०२४ को मे महिनामा फ्रान्स, सर्बिया र हङ्गेरीको भ्रमण गरी वर्षको पहिलो विदेश यात्रा सुरु गरे।
- राष्ट्रपति सीले सन् २०१३ यता अन्य देशको तुलनामा सबैभन्दा बढी कुल ११ पटक रुसको भ्रमण गर्नुभएको छ।
२५ जेठ, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनपिङ सामान्यतया वर्षमा तीनदेखि चार पटकसम्म विदेश भ्रमणमा जाने गर्दछन्।
तर, उनको वर्षको पहिलो वैदेशिक भ्रमणलाई कूटनीतिक वृत्तमा सधैँ निकै चासोका साथ हेरिने गरिन्छ। यसले त्यस वर्षका लागि पेइचिङको कूटनीतिक प्राथमिकता कता छ भन्ने कुराको बलियो सङ्केत दिने गर्दछ।
सन् २०२२ मा कोरोना महामारीका कारण लामो समयसम्म वैदेशिक भ्रमणमा रोक लगाएपछि राष्ट्रपति सीले सेप्टेम्बर महिनामा काजाकिस्तान र उज्वेकिस्तानको भ्रमण गरेका थिए। यस भ्रमणले मध्य एसियाली मुलुकहरूसँग चीनको संलग्नता बढ्दै गएको सङ्केत गरेको थियो।
त्यस्तै सन् २०२३ मा सीको पहिलो वैदेशिक भ्रमण रुसबाट सुरु भयो। युक्रेन युद्ध सुरु भएको एक वर्षभन्दा बढी समय भइसकेपछि मस्कोतर्फ भएको उनको यो पहिलो भ्रमण थियो। सन् २०१३ यता सीले कुल ११ पटक रुसको भ्रमण गरिसकेका छन् । जुन अन्य कुनै पनि देशको तुलनामा सबैभन्दा बढी हो।
सन् २०२४ मा सीले मे महिनामा युरोपका तीन देशहरू फ्रान्स, सर्बिया र हङ्गेरीको भ्रमण गर्दै वर्षको पहिलो विदेश यात्रा सुरु गरे। युक्रेन युद्ध र व्यापारिक टकरावका कारण बेइजिङ र युरोपबिच तनाव बढिरहेको समयमा यो भ्रमण भएको थियो।
अघिल्लो वर्ष राष्ट्रपति सीको वर्षको पहिलो वैदेशिक भ्रमण अप्रिल महिनामा दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन आसियानका सदस्यहरू भियतनाम, मलेसिया र कम्बोडियामा भयो।
छिमेकी देशहरूसँगको सम्बन्धलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिँदै आयोजना गरिएको उच्च स्तरीय पार्टी सम्मेलनको एक हप्ताभन्दा कम समयमै यो भ्रमण तय गरिएको थियो।
( बीबीसीबाट )
प्रतिक्रिया 4