News Summary
Generated by OK AI. Editorially reviewed.- सोमबार सवा १ बजे १५ मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी भोलि मंगलबारसम्मका लागि स्थगित गरिएको छ।
२५ जेठ, काठमाडौं । प्रतिनिधिसभा बैठक भोलि (मंगलबार)सम्मलाई स्थगित भएको छ । सोमबार १५ मिनेटका लागि स्थगित भएको बैठक भोलिसम्मलाई सूचना टाँस गरी स्थगित भएको जानकारी गराइएको हो ।
‘…१५ मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभा बैठक विशेष कारणले उक्त समयमा बस्न नसक्ने भएकोले प्रतिनिधिसभा नियमावली ०८३ को नियम ६ को उपनियम ३ बमोजिम सभामुखले सभाको बैठक जेठ २६ गते मंगलबार दिनको साढे १ बजे बस्ने गरी निर्धारण गर्नु भएको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ संसद् सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ ।
प्रधानमन्त्री बालेन शाहले केही दिनअघि संसद्बाटै नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति दिएसँगै विपक्षीहरूले प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आइरहेका छन् । विपक्षी दलले प्रधानमन्त्रीले आफ्नो भनाइ संसद्मै आएर सच्याउनुपर्ने अडान राखेका छन् ।
प्रतिक्रिया 4