+
+
Shares

विपक्षीले वेल घेरेपछि स्थगित भयो संसद् बैठक (तस्वीरहरू)

विपक्षी दलहरूले प्रतिनिधिसभा बैठकमा वेल घेराउ गर्दै नाराबाजी गरेसँगै सभामुख डीपी अर्यालले बैठक स्थगित भएको सूचना सुनाएका छन् ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८३ जेठ १९ गते १५:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विपक्षी दलहरूको नाराबाजी र वेल घेराउपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।
  • सभामुख डीपी अर्यालले प्रतिनिधिसभाको अर्को बैठक २५ जेठमा बस्ने जानकारी गराउनुभयो ।
  • विपक्षीहरूले प्रधानमन्त्री बालेन शाहले नेपालले भारतको भूमि मिचेको भनी दिएको अभिव्यक्ति सच्याउन माग गरेका छन् ।

१९ जेठ, काठमाडौं । विपक्षी दलहरूले प्रतिनिधिसभा बैठकमा वेल घेराउ गर्दै नाराबाजी गरेसँगै सभामुख डीपी अर्यालले बैठक स्थगित भएको सूचना सुनाएका छन् । उनले प्रतिनिधिसभाको अर्को बैठक जेठ २५ गतेमात्रै बस्ने जानकारी गराए ।

आज दिउँसो १ बजे बस्ने तय भएको बैठक २ घण्टा ढिला सुरु भएको थियो । आजको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाहले नेपालले पनि भारतको भूमि मिचेको अभिव्यक्ति दिएको भन्दै त्यसलाई सच्याउन र माफी माग्न माग राखे । उनीहरूले नाराबाजीसँऊै वेल घेराउ गर्न थालेपछि सभामुखले बैठक स्थगित भएको सूचना सुनाए ।

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?