+
+
Shares

संसद्‌मा लफडा : विपक्षीले फ्याँके कुर्सी, निरन्तर वेल घेराउ (तस्वीरहरू)

विपक्षीहरूले विरोधको क्रममा कुर्सी उचाल्नेदेखि सभामुखको कुर्सीसम्म पुग्ने समेत गरेका छन् ।

आर्यन धिमाल आर्यन धिमाल
२०८३ जेठ १७ गते २१:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधिसभाको बैठक स्थगित भएपछि पुनः सुरु भएको बैठकमा पनि वेल घेराउ र नाराबाजी भएको छ ।
  • नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले “संशोधनहरूलाई विषयगत समितिमा पठाइयोस्” भन्ने माग राखिन् ।
  • सभामुखले नियमावलीको संशोधनलाई सदनमै निर्णयार्थ प्रस्तुत गर्न थालेपछि आक्रोशित विपक्षी सांसदहरूले कुर्सी उचाल्दै नाराबाजी गरे ।

१७ जेठ, काठमाडौं । प्रतिनिधिसभाको बैठकमा लफडा भएको छ । आजै यसअघि बसेको बैठक विपक्षीहरूको अवरोधपछि स्थगित भएको थियो ।

अहिले सुरु भएको बैठकमा पनि विपक्षीहरूले वेल घेराउ गरिरहेका छन् ।

उनीहरू सभामुखकै आसनमा पुगेर विरोध गरिरहेका छन् । उनीहरूले सभामुखविरुद्ध पनि नाराबाजी गरिरहेका छन् ।

प्रतिनिधिसभा नियमावलीमाथि दफावार छलफल सकेर सभा संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्ने तयारीमा थियो । विपक्षी दलका सांसदहरूले प्रतिनिधिसभा नियमावलीलाई संसदीय समितिमा दफावार छलफलका लागि लगिनुपर्ने माग राखे ।

नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले ‘संशोधनहरूलाई विषयगत समितिमा पठाइयोस्’ भनेर माग राखिन् ।

तर, सभामुखले दफावार छलफल सदनमै गरियोस् भन्ने कार्यसूची तय भएको र त्यसअनुसार अगाडि आएको भनेर सदन अगाडि बढाए ।

प्रतिनिधिसभा नियमावलीको मस्यौदामा ३५ वटा संशोधन परेको छ । सभामुखले संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्न थालेपछि विपक्षी दलका सांसदहरू वेलमा पुगे । नाराबाजी गरे । सभामुखको भूमिका माथि प्रश्न उठाए ।

विपक्षीहरूले विरोधको क्रममा कुर्सी उचाल्नेदेखि सभामुखको कुर्सीसम्म पुग्ने समेत गरेका छन् ।

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?